Logo
|
Wednesday 24th April 2024
Logo

epaper

क्यान्सर उपचारमा न्युन आर्थिक सहुलियतले समस्या



पेशाले डा. श्रेष्ठ जिआई (ग्याँस्ट्रो इन्टेस्टाइन) सर्जन हुनुहुन्छ । पाकिस्तानबाट जनरल सर्जरीमा एमएस गर्नुभएका श्रेष्ठले २३ वर्षदेखि सर्जरी गर्दै आउनुभएको छ । बी एण्ड बी, किष्ट मेडिकल कलेजलगायतका संस्थाहरुमा लामो समयसम्म मेडिकल सुपरिटेन्डेन्ट भएर काम गरिसक्नुभएका प्रा.डा. श्रेष्ठ विगत डेढ वर्षदेखि भक्तपुर क्यान्सर हस्पिटलमा मेडिकल डाइरेक्टर हुनुहुन्छ । उहाँले टाटा मेमोरियल अस्पतालबाट क्यान्सर सर्जरीमा फेलोसिप लिनुभएको छ ।

क्यान्सर र अन्य शल्यक्रियामा के फरक हुन्छ ?
खासै फरक त हुन्न । तर एउटा विषयमा मात्र काम गरिरहँदा कन्फिडेन्स (निर्धक्कता) बढ्छ । त्यो एउटा फाइदा हुन्छ ।
कति जतिको शल्यक्रिया गर्नुभयो?
प्रायः अपरेशन नगरेको भन्ने केहि छैन । तर सबैभन्दा बढी पित्तथैलीको ढुङ्गाको अपरेशन गरेको छु । भक्तपुर क्यान्सर हस्पिटलमा मात्र डेढ वर्षको अवधिमा २७ वटा पित्तथैलीको क्यान्सरको अपरेशन गरेँ । ल्याक्रोस्कोपिक अपरेशन २००० भन्दा बढि गरिसकेँ । बे्रस्टको सर्जरी ५०० भन्दा बढि भइसक्यो । कोलोन क्यान्सरको अपरेशन करिब ३ सय जतिको गरिसकेको छु ।
यहाँको पाइला क्यान्सरका बिरामीको उपचारमा अघि बढ्ने हो ?
म अलिकति धार्मिक र आध्यात्मिक भएकाले सामाजिक सेवातर्फ आफूलाई समर्पित गर्दै जाने सोच अनुरुप भक्तपुर क्यान्सर हस्पिटलमा प्रवेश गरेको हो । सामाजिक सेवामा निकै रुची लाग्छ । जीवनमा निम्न र मध्यम वर्गका क्यान्सर बिरामीहरुको सेवाका लागि धन भन्दा पनि मन ठूलो लिएर आत्मादेखि काम गर्न थालेको छु । मेरो जन्मस्थल सुदुरपश्चिम जिल्लाको डोटीबाट काठमाडौं आएकाले ग्रामीण क्षेत्रका मानिसको स्वास्थ्य समस्या राम्रोसँग बुझेको छु । आफ्नो कामप्रति निकै समर्पित छु । संस्थालाई सम्मानजनक र विश्वसनीय बनाएर क्यान्सर उपचारका लागि बिदेश जानुपर्ने समस्या न्यूनिकरणमा पाइला अघि बढाइरहेको छु । क्यान्सर उपचारका लागि विदेश गएर धेरै बिरामी लुटिएका र ठगिएका छन् । त्यसलाई रोकेर स्वदेशमा विश्वस्तरीय सेवा प्रदान गर्नुजतिको ठूलो अर्को धर्म हुन सक्दैन । भारतको टाटा हस्पिटलमा क्यान्सरसम्बन्धि तालिम लिँदाको वखत धेरै नेपाली क्यान्सर बिरामीसँग अन्तरक्रिया गर्ने मौका पाएको थिएँ । त्यहाँ ६० प्रतिशत अपरेशन नै गर्न नमिल्ने बिरामी पनि क्यान्सर निको हुन्छ कि भन्ने आश बोकेर गएको पाएँ । नेपालको उपचारप्रति विश्वास नभएर अन्तिम चरणका बिरामी पनि पुगेका छन् । त्यसैले हामी सबैले यसप्रति ध्यान दिएर काम गर्नुपर्ने जिम्मेवारी काँधमा छ । संस्था राम्रो र भरपर्दो भएमा मात्र बिरामीको विश्वास जित्न सकिन्छ ।
अस्पतालबाट के कस्ता सेवा र सुविधा उपलब्ध भइरहेका छन् ?
नेपालमा क्यान्सर सेवाको तथ्यांक हेर्दा भरतपुर क्यान्सर हस्पिटलले कुल क्यान्सर बिरामीको ४० प्रतिशत बिरामीलाई सेवा दिन सफल भएको छ । दोस्रोमा भक्तपुर क्यान्सर हस्पिटल पर्छ । यसले १५ प्रतिशत बिरामीलाई उपचार सेवा दिइरहेको छ । बाँकी अन्य ४५ प्रतिशत बिरामीहरु देशका विभिन्न अस्पतालहरुबाट उपचार सेवा लिइरहेका छन् ।
भक्तपुर क्यान्सर हस्पिटलमा क्यान्सर उपचारका लागि पूर्ण प्याकेजको व्यवस्था छ । केमोथेरापी, रेडियोथेरापीा र सर्जरी तिनओटै सेवा उपलब्ध छ । यहाँ दैनिक ९ जना क्यान्सरका नयाँ बिरामी भर्ना हुन्छन् भने नयाँ र फलोअप गरी दैनिक ५ सयले ओपिडी सेवा लिइरहेका छन् ।टाढाबाट आउने बिरामीहरुको कुरुवाहरुको लागि कुरुवा घरको व्यवस्था छ । क्यान्सरका बिरामीहरुका लागि निःशुल्क बसको सुविधा छ । बिरामीहरुका लागि दाताले निःशुल्क खानाको व्यवस्था गरिदिएका छन् । खानेपानीका लागि प्लान्ट जडान गरिएको छ । मरेको बिरामीलाई सामान्य सेतो वा पहेँलो कपडा, एउटा माला, धूप, अबिर र दिएर सम्मानका साथ शवलाई पठाउने सोच भइरहेको छ । पैसाको लागि मात्र नभई आत्मसन्तुष्टीका लागि काम गरिदै आएको छ । गरिब बिरामीको अवस्था देख्दा आँखाबाट आँशु आउँछ । संस्थालाई बलियो र रेस्पेक्टेबल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
भक्तपुर क्यान्सर हस्पिटलमा अब न्युरो सर्जरी सेवा पनि शुरु हुँदैछ । केहि हप्तामा बिरामीले यसप्रकारको सेवा पनि प्राप्त गर्नेछन् । आगामी बैशाखबाट हस्पिटलमा लिन्याक मेसिन राख्ने तयारी भइरहेको छ । हामी सँग कोबाल्ट पनि छ । यसका साथै व्याकी थेरापीको पनि व्यवस्था छ ।
अन्तिम अवस्थाको क्यान्सरको उपचार जहाँ गएपनि निको हुँदैन । आयु लम्ल्याउने मात्र हो । अहिले हामीकहाँ भारतको बिहारबाट समेत उपचारका लागि क्यान्सर बिरामीहरु आउने गरेका छन् । सस्तोमा उपचार सेवा उपलब्ध गराइने भएपनि सरकारको सरकारको सर्पोट कम छ ।
चुनौति के के छन ?
बिरामीको संख्या बढिरहेको छ ,त्यसकारण उहाँ स्पेसको (ठाउ) अभाब छ । बिरामी बढ्न साथ गुणस्तरको कुरा आउछ । गुणस्तरको भन्न साथ पैसाको कुरा आउछ । हामीलाई एमआरआई थाइराइड मेसिन राख्नु पर्ने छ । त्यो पनि चुनौतिकै विषय हो । भविश्यमा ठाउको समस्या आउन सक्छ ।
अहिले हामीले एकेडेमिक पनि मुभ गरिरहेका छाँै । यहाँ पाटन एकेडेमि अफ हेल्थ साइन्सको मेडिकल रेजिडेन्ट र गाइने रेजिडेन्टहरु यहाँ ट्रेनिङका लागि आउछन । त्यो पनि खुसिकै कुरा हो । वीर हस्पिटलको रेडियसन अन्कोलोजी रेजिडेन्ट यहाँ आउने भनेर सम्झौता भएको छ । त्यस्तै लुम्बिनी मेडिकल कलेजको गाइनेका एमडि बिद्यार्थीहरु प्राक्टिसका लागि आउछन । ३५ ओटा नर्र्सिङ कलेजका बिद्यार्थीहरु यहाँ प्रक्टिसमा आउछन । हामीले ओपन गरेका छाँै । सिक जान र देशका लागि सेवा गर भनेर खुल्ला गरेका छौँ । अमेरिका, बेलायत, अस्ट्रेलियम क्यानडाबाट छ हप्ताका लागि आउछन । क्यान्सर सोसाइटिको भर्खरै कन्फिेन्स ग¥यौँ । उनिहरु पनि इम्प्रेस भएर गएका छन । हामी रिसर्च तिरमुभ भइरहेका छौँ । हामीले डाटालाई राम्रो सँग राख्नुपर्छ । यो पनि चुनौतिको विषय हो । कम्युटराइज गर्नुपर्ने स्थिति छ । चुनौति कहिले पनि नसकिने प्रोसेस हो ।
सुझाब के छ ?
क्यान्सरका बिरामीलाई सरकारले दिने आर्थिक सहुलियत पुगेको छैन । सरकारले दिएको एक लाख सहुलियत सर्जरीमा नै सकिन्छ । किमो र रेडियोथेरापीमा लाग्ने पैसा बिरामी आफैंले व्यवस्था गर्नुपर्छ । एउटा क्यान्सर बिरामीको उपचार र शल्यक्रियाका लागि सेन्टर तोकिनुपर्छ । ति ठाउँहरुमा किमो र थेरियोथेरापी पनि निःशुल्क गरिदिनुपर्छ । आर्थिक सहुलियत दिनुभन्दा यो राम्रो उपाय हो ।
शुरुको अवस्थामा बिरामी आएमा रोग ठीक गर्न सक्थ्यौं । पाठेघरको मुख र स्तन, कोलोन क्यान्सर त शुरुको अवस्थामा उपचार गरेमा राम्रोसँग निको हुन्छ । क्यान्सन निको हुन्छ । कोलोन क्यान्सर, पेटको क्यान्सर अर्लि स्टेजमा थाहा पाएमा निको हुन्छ । पुरुषहरुमा हुने फोक्सोको क्यान्सरको ८० प्रतिशत कारण धुमपान सेवन भएको विभिन्न तथ्यांकहरुले देखाएका छन् । गाउँ गाउँमा जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको अवस्थामा यसलाई न्युनिकरण गर्न सकिन्छ । यसका लागि सञ्चारजगतलाई पनि प्रयोगमा ल्याउनुपर्छ । सरकारले रोकथाममा खर्च गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्