Logo
|
Friday 19th April 2024
Logo

epaper

क्यान्सर उपचारमा किमोथेरापी




क्यान्सर उपचारमा सर्जरी, किमो र रेडिएसन थेरापी दिने गरिन्छ । किमो भनेको औषधि दिने प्रक्रिया हो । गुणात्मक रुपमा बढ्ने क्यान्सर सेलहरुलाई रोक्न किमोथेरापी दिनुपर्छ । इन्जेक्सनबाट स्लाइनमा मिसाएर किमो दिने गरिन्छ । किमो दिँदा धेरै कुरामा ख्याल गर्नुपर्छ । बिरामीलाई प्रायः ३—४ हप्ताको फरकमा किमो दिनुपर्छ ।
कतिपय किमो इन्जेक्सनबाट लगाउने हुन्छ भने कति खाने हुन्छ । किमोथेरापीले सामान्य हेयर फोलिकलहरुलाई असर गर्ने भएकाले कपाल झर्छ, मुखभित्र हुने म्युकोसाहरुमा असर गर्ने भएकाले मुख र घाँटी भित्र घाउ हुने, खान निल्न नसक्ने, रोग प्रतिरोधात्मक क्षमता घट्ने जस्ता विभिन्न संक्रमण हुने संभावना रहन्छ । त्यसैले किमो थेरापी लिएका बिरामीहरु चिकित्सकको सम्पर्कमा रहिरहनुपर्छ । हरेक हप्ता रगतको जाँच लिएर विशेषज्ञ चिकित्सकलाई देखाउनुपर्छ । बिरामीलाई खान मन नलाग्ने, बाक बाक लाग्ने, कब्जियत, झाडापखाला जस्ता समस्या पनि देखिन सक्छ । यसले हातखुट्टा झम्झमाउने, छालाको रंगमा परिवर्तन पनि आउन सक्छ । ज्वरो आएमा तत्काल विशेषज्ञ चिकित्सकसँग जँचाउनुपर्छ । कतिपय किमोले मुटुलाई असर पार्न सक्छन् । त्यसैले बिरामीको अवस्थाबारे राम्रोसँग जानकारी लिएर मात्र औषधि चलाउनुपर्छ यस्ता बिरामीहरुलाई मुटुलाई असर नगर्ने किमिसका किमो दिनुपर्छ । कतिपय किमोले मिर्गौलालाई पनि असर पार्न सक्छन् ।
किमो थेरापी लिएका बिरामीहरुका लागि शल्यक्रिया गर्न संभव भएमा शल्यक्रिया गर्न सल्लाह दिइन्छ । शल्यक्रिया गर्न नमिल्ने एड्भान्स तहका बिरामीहरुका लागि प्यालिएटिभ केयरमा राख्नुपर्छ । बिरामीको दुखाई कम गर्न किमो थेरापी दिइन्छ । शल्यक्रियापछि पनि किमो थेरापीको आवश्यकता हुनसक्छ किनभने शल्यक्रिया गर्दा क्यान्सर देखिएको भाग मात्र झिकिएको हुन्छ तर त्यहाँ बाँकी हुनसक्ने केही क्यान्सर शरीरमा फैलिनबाट रोक्न किमो थेरापी दिने गरिन्छ ।

(डा. पुनः नेपाल मेडिकल कलेज/नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरमा कार्यरत हुनुहुनछ ।)

प्रतिक्रिया दिनुहोस्