Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपाल मेडीसिटीमा अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यक्रम



नेपाल मेडीसिटी अस्पतालले बायोमेड इन्टरनेशनलसँगको सहकार्यमा अस्पतालजन्य फोहोर व्यवस्थापन विषयक अन्तक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख वक्ता जेफ स्क्वाली, इकोड्यासका अध्यक्षले अस्पतालजन्य फोहोर व्यवस्थापन चुनौतीपूर्ण देखिएतापनि सहि ढंगले काम गर्न जाने सुरक्षित रहेको वहाँले बताउनुभया े। वहाँले नविन ढंगले अघि बढ्न जरुरी रहेको र यसमा सरकारी तथा सम्बन्धित निकायसँग विशेष छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, स्वास्थ्य सेवा विभागकी श्रीजना श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका डा.दिपेन्द्र रमण श्रेष्ठ लगायतका वक्ताहरु रहनुभएको अन्तक्र्रियात्मक कार्यक्रममा विषेषत नयाँ प्रविधिको प्रयोगले संक्रमणरहित तरिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनगर्ने विषयमा छलफल भयो ।
त्यस्तै कार्यक्रममा यस क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको उपस्थिति रहेको थियो । यस क्षेत्रका विशेषज्ञहरु माझ पछिल्ला समसामयीक समस्या तथा ती चुनौतीहरुका निदान खोज्ने विषयमा छलफल गरियो ।

प्रतिक्रिया दिनुहोस्