Logo
|
Friday 29th March 2024
Logo

epaper

प्याथोलोजिष्टहरुलाई रगतसम्बन्धि रोगको उपचार गर्ने नयाँ प्रविधिबारे जानकारी



स्वदेश र विदेश गरी डेढ सय भन्दा बढी प्याथोलोजिष्ट चिकित्सकहरु काठमाडौंमा भेला भएर रगतसम्बन्धि रोगको विभिन्न समस्याको नयाँ प्रविधिबारे जानकारी आदान प्रदान गरेका छन् ।
एसोसिएसन अफ क्लिनिकल प्यालोलोजिष्ट अफ नेपाल (एसिपिएन) ले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको हेमाटोलोजी सिएमईमा उनीहरुले रक्त क्यान्सर र रगत जम्ने एवं नजम्ने समस्यामा केन्द्रित भएर उपचारका नयाँ प्रविधिबारे जानकारी लिएका छन् ।
काठमाडौंको याक एण्ड एति होटलमा भएको सो कार्यक्रममा बेलायत, भारतलगायतका देशका वरिष्ठ हेमाटोलोजिष्टहरुको सहभागिता रहेको थियो ।

प्याथोलोजिष्ट चिकित्सकहरुको क्षमता अभिबृद्धि र हेमाटोलोजी विधाअन्तर्गत क्यान्सर र रगत जम्ने एवं नजम्ने रोगको उपचारबारे जानकारी उपलब्ध गराइएको एसोसिएसन अफ क्लिनिकल प्यालोलोजिष्ट अफ नेपाल (एसिपिएन) का अध्यक्ष प्रा.डा.शैलेस प्रधानले जनस्वास्थ्य सरोकारलाई जानकारी दिनुभयो ।
हेमाटोलोलोजीसम्बन्धि नयाँ अपडेट सबैलाई गराउने र बिरामीलाई प्रदान गरिने सेवामा कुनै अभाव हुन नदिने कार्यक्रमको मुख्य उद्देश्य भएको एसिपिएनकी उपाध्यक्ष एवं वरिष्ठ प्याथालोजिष्ट रुना झाले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा हेमाटोलोजीसम्बन्धि लेटेष्ट डेभलेपमेन्टबारे जानकारी आदान प्रदान भएको एसिपिएनका सहसचिव एवं हेमाटोलोजिष्ट डा. राकेश पाठकले बताउनुभयो ।
वैशाख ६ र ७ गते भएको सो कार्यक्रममा नयाँ सिप र जानकारी हाँसिल गर्न देशका विभिन्न स्थानबाट आएका प्याथालोजिष्टहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको प्रायोजन वेभ ट्रेडिङ कन्सर्नले गरेको थियो ।
प्याथोलोजीको धेरै शाखाहरुमध्ये हेमाटोलोजी पनि एक हो । यसले रगत सम्बन्धि रोगको अध्ययन गर्छ । हाल मुलुकमा २ सय २० भन्दा बढी प्याथालोजिष्टहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्