Logo
|
Thursday 25th April 2024
Logo

epaper

पुरुषमा पनि स्तन क्यान्सर



इलामका ६० वर्षीय घनेन्द्र कार्कीले एक वर्षअघि आफ्नो दाँयापट्टिको स्तनमा सानो गिर्खो आएको महशुस गरे । तर काम विषेशले गर्दा उपचार नगराइ बसे । एक वर्षपछि चिकित्सककहाँ पुग्दा थाहा भयो, त्यो गिर्खो त क्यान्सर पो रहेछ । पहिलो चरणको क्यान्सर भएकाले एक महिनाअघि शल्यक्रिया गराएका उनलाई अहिले निको हुँदै छ । भक्तपुरका ५१ वर्षीय श्यामकृष्ण श्रेष्ठको स्तनमा सानै उमेरदेखि सानो गिर्खा थियो । उपचारका लागि कसैले वास्ता गरेन ।  एक वर्षअघि एकदमै चिलाएपछि श्रीमतीलाई भने । श्रीमतीले उपचार गराउन कर गरेपछि चिकित्सकहाँ पुग्दा थाहा भयो दोस्रो चरणको क्यान्सर भएको रहेछ। तत्कालै शल्यक्रिया गरेकाले अहिले उनि काममा फर्कन थालेका छन् । महिलामा बढी देखापर्ने स्तन क्यान्सर  पछिल्लो समय पुरुषमा पनि देखा पर्न थालेको छ । गतवर्ष भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउन आएका पुरुषमध्ये ६ जनामा स्तन क्यान्सर देखिएको छ । यो संख्या अघिल्लो वर्ष ३ थियो । स्तन क्यान्सर हुने १ सयजना महिलाको अनुपातमा १ जना पुरुषमा यो समस्या देखिने विशेषज्ञ बताउँछन् ।  स्तन क्यान्सर महिलालाई मात्र हुन्छ भनी आफ्नो स्तनमा देखापर्ने गिर्खोलाई पुरुषले सामान्य मान्नु हुँदैन । तत्काल उपचार नगराए अन्यथा क्यान्सर फैलिने जोखिम हुन्छ । कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्