Logo
|
Friday 29th March 2024
Logo

epaper

‘चिकित्सा–क्षेत्रकी नारी म: सङ्घर्ष र सन्तुष्टिको जीवन’ आत्मकथा विमोचन



वरिष्ठ एनेस्थेसियालोजिष्ट प्रा.डा. रोशना अमात्यले लेखेको ‘चिकित्सा–क्षेत्रकी नारी म  सङ्घर्ष र सन्तुष्टिको जीवन’ आत्मकथाको पुस्तक बिमोजन भएको छ । एउटा नारी एनेस्थेसियोलोजिष्टको हैसियतमा गरेका विशिष्ट ऐतिहासिक कार्यहरूको उल्लेख उहाँको यस आत्मकथाले सिङ्गै उजागर गरेको छ
चिकित्सा क्षेत्रले हिजोको अभावजन्य अवस्थाबाट आजको विकाससम्म आइपुग्न जुन कठिन पथ भोग्न वाध्य थियो, त्यसका विविध पक्षमा विधि व्यक्तिहरुले खेलेको भूमिका सराहनीय, प्रेरणादायी रहने कुरा पुस्तकबाट जान्न सकिन्छ । यसका साथै आजका समकालीन र भोलिका सन्ततिका लागि पनि ज्यादै महत्वपूर्ण हुनेछ ।

प्रा.डा अमात्यले सुरुआती दिनमा महिला चिकित्सक भएर भोगेका दुःख दर्द, सङ्घर्ष, पेशा, प्रतिको समर्पण, काम र पारिवारिक दायित्वबीचको सन्तुलन र उपलब्धिबाट प्राप्त सन्तुष्टिजस्ता जीवनका थुप्रै मोड तथा अनुभवलाई सहज किसिमले आत्मकथामा पोख्नुभएको छ ।
‘साँचो अर्थमा उहाँ मेरो दृष्टिमा म, हाम्रो परिवार र देशकै लागि वरदान हुनुहुन्छ ।’ उहाँकी छोरी प्रा.डा. अर्चना अमात्यले भन्नुभयो—‘उहाँले हामी, सरकार र समाजलाई नै अमूल्य जीवनको मूल्य सिकाउनुभएको छ ।’
उहाँको पेशेवर खास गरी एउटा सफल एनेस्थेसियोलोजिष्टको रोमाञ्चित जीवनले विशिष्ट पहिचान गराएको छ । यसको महत्व र आवश्यकता स्पष्ट दर्शाएको छ । तात्कालिन अवस्थामा एउटा महिलाले चिकित्सकीय क्षेत्रमा गरेका साहस र सङ्घर्षका कथा जस्ताको तस्तै पुस्तकमा छ । सबैका लागि र विशेषतः स्वास्थ्य र चिकित्साकर्मीहरूका लागि पुस्तक अत्यन्त उपयोगी हुने देखिन्छ

प्रतिक्रिया दिनुहोस्