Logo
|
Thursday 28th March 2024
Logo

epaper

यस्तो खानपानले लाग्छ मुटुरोग



बिहान सही समयमा खाजा नखाँदा र लामो समयसम्म भोकै बस्दा मोटोपनाको समस्या हुन जान्छ । यस्तो गतिविधिले शरीरमा कोलेस्ट्रोल बन्ने क्रम पनि तीव्र हुन्छ । यस्तो मानिसमा हृदयाघातको सम्भावना २७ प्रतिशतले बढेर जान्छ ।

-खाना खानेबित्तिकै गुलियो चिज खाँदा पनि शरीरमा ग्लुकोजको मात्रा तीव्र रूपमा बढ्छ । जसले बोसोको मात्रालाई पनि बढाउँछ र मुटुरोगको सम्भावना बढ्दै जान्छ ।

-बढी खुर्सानी र मसलेदार खानाको प्रयोगले रक्तरञ्चारमा असर पु¥याउँछ । र, हृदयाघातको सम्भावना बढ्छ । बढी तेैलीय खानेकुराले पनि शरीरमा वैकल्पिक बोसो जम्मा हुन थाल्छ । यसले कोलेस्ट्रोलको मात्रालाई बढाउँछ र हृदयाघातको सम्भावना पनि बढेर जान्छ ।

-दैनिक खानामा बोसोसहितको मासु समावेश गर्नाले पनि शरीरमा फ्याटको मात्रा बढ्छ । शरीरमा कोलेस्ट्रोलको मात्रा पनि बढ्ने भएकाले हृदयाघात हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्