Logo
|
Tuesday 16th April 2024
Logo

epaper

अन्तर्राष्ट्रिय नर्सिङ सप्ताह सुरु: नेपाल मेडिसिटी अस्पतालद्धारा हाजिर जवाफ प्रतियोगिता



अन्तर्राष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले आज आन्तरिक हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा नर्सिङ क्षेत्रसँग सम्बन्धित प्रश्नहरु राखिएको थियो । प्रतिस्पर्धामा आस्मा प्रधान प्रथम, श्रृजना श्रेष्ठ द्धितीय र रोमी महर्जनले तृतीय स्थान हाँसिल गरिन् ।
आम नागरिक र समुदायसँग नर्सहरुको सम्बन्ध र योगदान महत्वपूर्ण रहन्छ । यस विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ ।
हरेक वर्ष मे महिनाको ६ देखि १२ तारेखसम्म सप्ताहव्यापी नर्सिङ दिवस मनाउने गरिएको छ । यस वर्षको नर्सिङ दिवसको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरिट‘ राखिएको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२ मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसारभर मनाउने गरिन्छ ।

नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्