Logo
|
Wednesday 24th April 2024
Logo

epaper

एन्टिबायोटिकः भ्रम र यथार्थ ?



 

विभिन्न किसिमका फङ्गस, व्याक्टेरियाका र भाइरसले मानव शरीरमा संक्रमण गराउँछ । ब्याक्टेरियल संक्रमणलाई नियन्त्रण गर्न र भाइरसलाई मार्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ ।

एन्टिबायोटिक रेसिस्टेन्स भनेको के हो ?

एन्टिबायोटिकले संक्रमण गराउने ब्याक्टेरियालाई मार्ने काम गर्छ । कुनै ब्याक्टेरियसँग शारीरिक परिवर्तन गर्न सक्ने क्षमता हुन्छ । जसलाई म्युटेसन भनिन्छ । एन्टिबायोटिकको गलत प्रयोगले म्युटेसनको समस्या उत्पन्न गराउँछ । फलस्वरुप ब्याक्टेरियामा एन्टिबायोटिकसँग लड्ने क्षमतामा विकास हुन्छ । यसलाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ ।

हामीले एन्टिबायोटिकको गलत प्रयोगलाई रोक्नुपर्छ । डाक्टरको प्रेसक्रिप्सनबिना औषधि किनबेच गर्नुहुदैँन । एन्टिबायोटिकको गलत प्रयोगलाई निरुत्साहित गर्नुपर्छ । यसको गलत प्रयोग र यसले निम्त्याउने समस्याबारे सबैलाई सचेत गराउनुपर्छ । संक्रमण नियन्त्रणमा विशेष ध्यान पु¥याउनसके एन्टिबायोटिक प्रयोग पनि कम हुन्छ ।

एन्टिबायोटिक प्रयोग गर्दा सर्भिलेन्स गरेको डाटा हेरेर सहि एन्टिबायोटिक मात्र प्रयोग गर्नुपर्छ । एन्टिबायोटिकको गलत प्रयोग विशेषगरि भेटेनरी र कृषि क्षेत्रमा भएको पाइने गरेको छ ।

एन्टिबायोटिकको गलत प्रयोगको खतरा

एन्टिबायोटिकको सहि सदुपयोग गरेमा यसले रोग निको पार्छ । यसलाई ‘म्याजिक बुलेट’ पनि भनिन्छ । सहि तरिकले प्रयोग गर्न सकेमा यसले सबैखालका संक्रमण ठिक पार्नसक्छ । तर गलत प्रयोगले एन्टिबायोटिक रेसिस्टेन्सको विकास भइदिन्छ । अहिले यो समस्याले विकराल रुप लिन थालिसकेको छ ।

एन्टिबायोटिकः भ्रम र यथार्थ

एन्टिबायोटिक सबै रोगमा प्रयोग गर्न सकिन्छ र यसले रोग पनि निको पार्छ भन्ने आम जनमानसमा भ्रम पाइन्छ । कतिपय अवस्थामा सामान्य ज्वरो आएमा एन्टिबायोटिक खाने, भाइरल संक्रमण हुँदा पनि एन्टिबायोटिक नै प्रयोग गर्ने प्रचलन छ । एन्टिबायोटिकको गलत प्रयोगले आउनसक्ने विकराल समस्याबारे आमजनमानस अनविज्ञ छन् । यसरी एन्टिबायोटिक रेसिस्टेन्स भएमा शारीरिक रुपमा ठूलो असर गर्छ । यसका साथै आगामी भावी पुस्तालाई पनि धेरै खतरा हुनसक्छ । हामीले विभिन्न तहबाट यसको गलत प्रयोगलाई रोक्न पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्