Logo
|
Tuesday 16th April 2024
Logo

epaper

‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न



ग्रान्डी अस्पतालले राजधानीमा निःशुल्करुपमा ‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्त्री तथा प्रसुति विभागले पहिलो पटक गर्भवती महिला र शिशुको स्वास्थ अवस्था र हेरचाह सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।

बुधबार सम्पन्न सो कार्यक्रममा ‘गर्भ संस्कार’ सम्बन्धी ८ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा डा. बन्दना श्रेष्ठले गर्भाअवस्थामा शारिरिक क्रियाकलाप, डा. आभा शाक्यले गर्भाअवस्थामा पौष्टिक खानपान, डा. समिरा सफि खानले गर्भाअवस्थामा हुने स्वास्थ्य जटिलता, डा. विनोद विजुक्छेले गर्भाअवस्थाको समयमा हुने ढाड दुखाई, फिजियो थेरापिष्ट श्रृजना तिमिल्सिनाले गर्भाअवस्थामा गर्न मिल्ने व्यायाम, सिनियर नर्स नारायणी थापा र कृष्णा पर्जापतीले नवजात शिशु तथा आमा स्याहार र स्तनपान सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
‘गर्भ संस्कार’ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको स्वागत मन्तव्य अस्पतालका निर्देशक तथा अर्थोपेडी–स्पाइन सर्जन डा. विनोद विजुक्छेले गर्नुभएको थियो । कार्यक्रमको संयोजन अस्पतालका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. समिरा सफि खानले गर्नुभएको थियो । सो कार्यक्रममा स्वास्थ्यकर्मि, सर्वसाधारण र सञ्चार माध्यमको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्