Logo
|
Tuesday 16th April 2024
Logo

epaper

एचआईभी संक्रमित बढे



जिल्लामा एचआईभी संक्रमितको संख्या बढेको छ । चार वर्षअघि २२ जना एचआईभी संक्रमित थिए । अहिले बढेर ३८ जना पुगेका छन् । जिल्ला अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष ०७२/७३ मा संक्रमितको संख्या २२ थियो ।

संख्या बढेर आर्थिक वर्ष ०७३/७४ मा २५ जना पुगेको थियो । आव ०७४/७५ मा संख्या बढेर ३० फुगेको थियो । संक्रमितको संख्या बढ्ने त्रममा यो आर्थिक वर्षमा ३८ जना पुगेको एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरले जनाएको छ ।

संक्रमितहरूले हाल नियमित रूपमा औषधी सेवन गरिरहेको जिल्ला अस्पताल खाँदबारी एचआईभी कार्यक्रमका रोसन श्रेष्ठले जानकारी दिए । ३८ मध्ये २ जनाले जिल्ला बाहिरबाट औषधी लिइरहेका छन् । जिल्लामा अझै एचआईभी संक्रमितहरू रहेको हुनसक्ने उनको दाबी छ ।

कतिपयलाई आफू संक्रमित रहेको समेत थाहा नपाएको र कतिपयलाई सामाजिक बहिस्कारको डरले सम्पर्कमा नआएको उनले बताए । तर आफूहरूलाई शंका लागेकाहरूलाई एआरटी सेन्टरको पहाचमा ल्याउने काममा लागिपरेको समेत बताए ।

शंका लागेकालाई कुनै न कुनै बहानामा सम्पर्कमा ल्याई परामर्श गर्ने र परीक्षणपछि पनि प्रभावकारी परामर्श पछि मात्र रिपोर्ट दिने गरिएको छ । ‘परीक्षणपछि संक्रमित पाइएको खण्डमा अर्को संक्रमितको माध्ययमबाट परामर्श गर्छौ,’ उनले झने, ‘संक्रमितलाई अर्को संत्रमितले परामर्श दिए प्रभावकारी हुन्छ, होइन भने आत्तिएर जे पनि गर्न सक्ने अवस्था आउन सक्छ ।’

कोही आफैं एचआईभी परीक्षण गर्न आए अस्पतालले निशुल्क परीक्षण गरिदिने व्यवस्था मिलाएको समेत मिलाएको छ । संक्रमित आमाबाट बच्चामा एचआईभी नसर्नको लागि गर्भवती परीक्षणकै क्रममा अस्पतालले निशुल्क एचआईभीपरीक्षण गर्दै आएको छ ।

गर्भ अवस्थाबाट नै बच्चालाई सुरक्षित राख्न सके स्वास्थ बच्चा जन्माउन सकिने भएकोले गर्भवती आमाको अनिवार्य परीक्षण गरिदै आएको छ । पछिल्लो समय यसरी परीक्षण गर्ने क्रममा दुई गर्भवती संक्रमित पाएपछि औषधी सेवन गराएर सकुशल बच्चा जन्माएको श्रेष्ठले जानकारी दिए ।

आमा संक्रमित पाइए श्रीमान् पनि संक्रमित हुन्छन् । उनीहरूले पनि नियमित औषधी सेवन गरिरहेका छन् । बेलैबाट नियमित औषधी सेवन गरे एचआईभी संक्रमितहरू पनि अन्य मानिसहरू सरह नै बाँच्न सक्ने श्रेष्ठले बताए । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्