Logo
|
Wednesday 24th April 2024
Logo

epaper

निजी अस्पतालहरुको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसँग अफिनको अनुरोध (फोटो फिचरसहित)



निजी अस्पतालहरुको छाता संगठन एसोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को २० औं बार्षिकोत्सब राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ । सो अवसरमा निजीस्तरमा खुलेका अस्पतालहरुको विकास र प्रबद्र्धन गर्न सरकारबाट अपेक्षाकृत सहयोग नभएको भन्दै निजी अस्पताल सञ्चालकहरुले दुःख व्यक्त गरेका छन् । साथै अस्पतालजस्तो सेवामुखी व्यवसायलाई प्रभावकारी, मर्यादित, सुरक्षित र परिणाममुखी बनाउन अस्पताल सञ्चालकहरुको एकता र आत्मीयता अपरिहार्य भएको औंल्याइएको छ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवको प्रमुख आथित्यमा भएको सो भेलामा वर्षैपिच्छे नविकरण गर्नुपर्ने बाध्यात्मक समस्या र झन्झटिलो सरकारी नियम, अस्पतालजन्य मेसिनरी सामान तथा प्रविधिहरुमा कर छुट, स्वास्थ्य संस्था सुरक्षा, शुल्क निर्धारण, स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति सम्बन्धि मापदण्डका अव्यवहारिक बुँदाहरुलाई अबिलम्ब संशोधन गर्नुपर्नेलगायत माग राखिएको छ । एसोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) का अध्यक्ष वसन्त कुमार चौधरीले हरेक अस्पताल प्रोफेन्सल र प्राक्टिकल हुनुपर्ने बताउँदै सरकारले निजी अस्पतालहरुको समस्या अविलब्ध सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
हाल मुलुकमा ३ सय ५० भन्दा बढी निजी अस्पतालहरु रहेका छन् भने निजी अस्पतालहरुमा करिब ४० अर्बको लगानी रहेको छ । निजी अस्पतालहरुले देशभर करिब १६ हजार भन्दा बढी शैयाबाट बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएका छन् । अहिले अफिनमा १ सय ७५ वटा अस्पतालहरु आवद्ध छन् । यो क्रम बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्