Logo
|
Friday 29th March 2024
Logo

epaper

भात खाँदा तौल घट्ने



 

जापानमा गरिएको एक सर्वेक्षणले भात खाँदा मानिसको तौल घट्ने देखाएको छ । यो सर्वेक्षण १३६ देशका मानिसमा गरिएको थियो ।

ती मानिसको भात खाने चलन तथा क्यालोरी इनटेकलाई दृष्टिगत गर्दै सर्वेक्षण गरिएको थियो । त्यसमा हरेक मुलुकका क्यान्डिडेटको बीएमआई बडी, मास इन्डेक्सको डाटालाई पनि हेरिएको थियो ।

सर्वेक्षणका लिड रिसर्चर प्रोफेसर टोमोको भन्छिन्, ‘‘अध्ययनबाट के देखियो भने, जुन देशमा भात मुख्य भोजनका रुपमा खाइन्छ त्यहाँ मोटा मानिस कम भेटिए । पश्चिमी मुलुक जहाँ भात निकै कम खाइन्छ, त्यहाँ मोटा मानिस बढी भेटिए ।’’

उनका अनुसार चामलमा फ्याट कम हुने हुनाले पनि यसको सेवनले मोटोपना बढाउँदैन । यसमा पर्याप्त मात्रामा पोषक तत्व पनि हुन्छ । भात खाएपछि लामो समयसम्म भोक लाग्दैन । यसकारण भात खानेहरु ‘ओभरइटिङ’को समस्याबाट पनि मुक्त हुन्छन् । जब ‘ओभरइटिङ’ बाट मानिस मुक्त हुन्छन् तब तौल त घट्ने नै भयो ।

भात खाँदा बढी मोटाउने र रोटी खाँदा शरीर कम तौलको हुने बुझाइ नेपालमा पनि आम बन्दै गएको छ । नेपालमा भात खाने चलन बढी नै छ, पछिल्लो समय मानिसहरुमा मोटोपनको समस्या बढ्न थालेपछि भात छाडेर रोटी खाने चलनमा वृद्धि भएको देखिन्छ ।

भाता नखाई चित्त नबुझ्नेका निम्ति यो पक्कै पनि खुसीको खबर हुनुपर्छ । त्यसो त भातबाहेक अन्य खानेकुरामा कतिपय नेपालीको ध्यान कम जान्छ ।

भातलाई मात्र खाद्य मान्ने जमात पनि यहाँ ठूलो छ । तर भातले शरीर वृद्धि भइरहेको भन्ने बुझाइ गलत रहेको तथ्य पछिल्लो समय जापानमा गरिएको यस सर्वेक्षणले देखाएको छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्