Logo
|
Tuesday 16th April 2024
Logo

epaper

चिकित्सा शिक्षा ऐनमा त्रुटी



शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले गत अधिवेशनमा पास भएको चिकित्सा शिक्षा ऐनमा त्रुटी भएको बताउनुभएको छ । उहाँले यसलाई पुन संशोधन गर्नुपर्ने आवश्यकतासमेत औंल्याउनुभयो । नेशनल बाथरोग सेन्टरको छैटौं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले सो जानकारी दिनुएको हो । यसमा संसोधन भएको विषय मात्र पारित हुनुपर्दथ्यो । तर संसोधन भएको विषय र पहिला गरिएको ड्राफ्ट पनि प्रमाणिकरण भएर आएपछि समस्या देखिएको हो । यसबारे संघीय सदनका सभामुख कृष्णबहादुर महरालाई जानकारी गराइसकिएको छ । यसमा ब्यवहारीक अप्ठ्याराहरु छन् । मन्त्री पोखरेलले भन्नुभयो—‘संसोधनको बाटोबाट आउन भनिएको छ ।’ कहिलेकाँही कमी कमजोरी हुने बताउँदै मन्त्री पोखरेलले आत्माआलोचनासमेत गर्नुभयो । उहाँले भन्नुभयो —‘यो नियतजन्य भएको होइन ।’ ऐनमा प्रमाणिकरण भइसकेपछि ऐनको आधार मानेर काम गर्नुपर्छ । सबैले रुल अफ ल को आधारमा जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्