Logo
|
Friday 29th March 2024
Logo

epaper

सन्धिखर्कको टुडीखेलमा योग विज्ञान शिविर



 

अर्घाखाँचीको सन्धिखर्क टुडीखेलमा ‘गरौं योग, रहौं निरोग’ भन्ने मुल नाराका साथ योग विज्ञान शिविर सुरु भएको छ । सो शिविर लोकनाथ खनाल प्रशिक्षकमा बिहीबार बिहान ४ः३० बजेबाट सुरु भएको हो ।

पतन्जली योग समिति अर्घाखाँची, अर्घाखाँची युवा परिषद्, साथी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सुरु शिविर सञ्चालन भईरहेको छ । शिविरमा झन्डै आठ सयजनाको उपस्थिति रहेको योग विज्ञान शिवर व्यवस्थापन समितिका सदस्य सचिब प्रकाश भुसालले जानकारी दिनुभयो ।शिविरमा अधिकांश कार्यालय प्रमुख सहित स्थानीयको को सहभागीता रहेको छ । शिविर २७ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्