Logo
|
Thursday 28th March 2024
Logo

epaper

धरानमा डेंगु संक्रमितको संख्या ४ सय ४ : डेंगु नियन्त्रण बाहिर




सुनसरीको धरान उप–महानगरपालिकामा एकै दिनमा डेंगु संक्रमितको संख्या ८९ पुगेको छ ।  एक महिना अगाडि धरानमा सुरु भएको डेंगुको संक्रमितको संख्या हालसम्म ४सय ४ पुगेको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानले जनाएको छ ।

मनसुन पछि देखिने डेंगु संक्रमणले मनुसुन अगाडि नै महामारीको रुप लिइसकेको छ । मनसुन सुरु हुनु अगाडि नै डेंगु नियन्त्रण बाहिर गएको उप–महानगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु यादवले बताउनुभयो ।

स्वास्थ्य संयोजक यादवले भन्नुभयो– ‘बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिजयपुर अस्पतालमा हिजोमात्र ८९ जना नयाँ बिरामी थपिएको प्रमाणित भएको छ ।’
धरान उप–महानगरपालिकाबाट सुरु भएको ड्ंगु पछिल्लो केहि समय अगाडि इटहरी उप महानगरपालिका क्षेत्रमा समेत डेंगु देखापर्न थालेको छ ।
इटहरीमा जेठ १९ देखि २८ सम्ममा ७ जनामा डेंगु देखिएको महाशाखाले जनाएको छ ।
४सय ४ संक्रमितमध्ये ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र अरु उपचारपछि घर फर्किसकेको उप–महानगरपालिकाले जनाएको छ ।

झापाबाट पनि संक्रमित आउन थालेको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले जानकारी दिनुभयो ।
एपेक्स अस्पताल १ जना र इटहरी अस्पतालमा ३ जनामा डेंगु देखापरेको महाशाखाले जनाएको छ ।

डेंगु रोकथामका लागि धरानको स्थानीय प्रशासनले ‘सर्च एन्ड डेस्ट्रोय’ अभियान संचालन गरिरहेको छन् । तर पनि संक्रमितको संख्या भने दिनदिनैे बढ्दै गईरहेका छन् । मनसुन अगाडि धरानमा डेंगु नियन्त्रण गर्न नसके स्थिति भयावह हुनसक्ने मनशुनविद्को भनाई छ ।
डेंगु महामारी फैलाउने एडिज एजिप्टाई र एडिज एल्बो पिकस जातिको लामखुट्ट्को अण्डा, लार्भा र प्युपा नष्ट गर्न नसक्दा माहामारीको रुप लिएको सरुवा रोग बिशेषज्ञ डा. शेर बहादुर पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्