Logo
|
Friday 29th March 2024
Logo

epaper

ओम अस्पतालमा एक महिलाको मृत्यु, लापरबाही गरेको आरोप



काठमाडौंको चावहीलस्थित ओम अस्पतालमा उपचारको क्रममा एक महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । अस्पतालमा उपचारका लागि गएकी ५० बर्षकी रामप्यारी थापा नाम गरेकी एक महिलाको बिहीबार बिहान मृत्यु भएको थियो । मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन् । बिरामीको आरोपका कारण बिहानदेखि नै अस्पताललाई सुरक्षा दिन प्रहरी तैनाथ राखिएको थियो । अस्पताल प्रशासनले भने यो जटिल समस्या भएको र प्रयास गर्दागर्दै बिरामीको ज्यान गएको जानकारी दिएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर केपी देवकोटाले परिवारको स्वीकृति लिएर उपचार गरेको बताउनुभएको छ ।

सामान्य पेट दुखाइका कारण गत बिहीबार उपचारका लागी ओम अस्पताल पुगेकी ति महिलाको पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात् बिरामीको स्वास्थ्य अवस्था झन बिग्रदै गएको थियो । त्यसपछि चिकित्सकले आन्द्रमा घाउ भएको र तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताए । त्यसपछि आइतबार बेलुकी ६ बजे बिरामीको पुनः शल्यक्रिया गरियो । शुरुमा बिरामीको अवस्था सुधार भएको भन्दै बिहीबार बिहान ७ बजे मृत घोषणा गरेको मृतकका आफन्तहरुको गुनासो छ ।

मृतकका आफन्तहरुले बिहिबार बिहान अस्पताल घेराउ गरेर अस्पताल र सम्बन्धित चिकित्सकले माफी माग्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।

तर को दोषि हो भन्ने एकिन आधार छैन । अहिले हचुवाको भरमा को सही को गलत भन्न पनि सकिदैन । निष्पक्ष छानवीन गरी दोषीमाथि कारबाही गर्नुपर्ने वर्तमान आवश्यकता देखिन्छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्