Logo
|
Saturday 20th April 2024
Logo

epaper

ॐ अस्पतालमा भएको घटनाबारे प्रबन्ध सञ्चालकले मुख खोले, यथार्थ कुरो के हो ?



ॐ अस्पतालमा ५० वर्षकी रामप्यारी थापा मगरको उपचारका क्रममा निधन भएको विषयलाई मृतकका आफन्तका नाममा भेला भएका अराजक भीडले अस्पताल परिसरमा नाराबाजी गरी उपचार सेवामा बाधा पुर्याई अस्पताल तोडफोड समेत गरेको घटनाप्रति निकै दुःख लागेको छ ।


उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, उनको यसअघि नै तल्लो पेटमा तीनपटक जटिल किसिमको शल्यक्रिया भइसकेको थियो । उनको तौलसमेत असामान्य रुपमा धेरै रहेको तथ्यबारे परिवारलाई जानकारी गराई पूर्व सहमति लिएर मात्र शल्यक्रिया गरिएको थियो । सुन्दा सहज लागेपनि पित्तथैलीको पत्थर निकाल्ने शल्यक्रिया कोलिसिसटेक्टोमी, उनको शारीरिक अवस्था र अन टेवल सर्जरी शुरु गर्दाको अवस्थामा देखिएको जटिल अवस्थाको परिजारजन तथा आफन्तजनलाई उपचारमा संलग्न चिकित्सक टोलीले तत्काल उपचार अवधिमा नियमित रुपमा अवगत गराइरहेको थियो ।
निज थापा परिवार जन प्रतिनिधि लगायतसँग उपचारमा संलग्न चिकित्सक, सञ्चालक तथा प्रशासकहरुले पटकपटक बैठक गरी उपचारको यथार्थ विवरण समेत जानकारी गराएको थियो । यसका साथै परिवारजन तथा आफन्तहरुका लागि कानूनी उपचारमा अस्पतालले पूर्ण सहयोग गर्नेसमेत प्रतिवद्धता जनाइसकेको छ ।
यति हुँदा हुँदै वार्ता भइरहेको बेलामा मृतकका आफन्तजन लगायतले अस्पतालको नियमित सेवामा समेत बाधा पुग्ने गरी हुलहुज्जत तथा नाराबाजी गरी अस्पतालमा पुर्याएको भौतिक क्षतिप्रति अस्पताल प्रशासन खेद प्रकट गर्दछ । यस घटनामा घाइते हुनुभएका बिरामीका आफन्तहरु, सुरक्षार्कीहरुलगायतका अन्य प्रभावितहरुप्रति समेत अस्पताल प्रशासन दुःख प्रकट गर्दछ । अस्पतालमा उपचारका लागि आएका बिरामीहरु तथा भर्ना भई उपचार गराइरहेका बिरामीहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।
उपचारका क्रममा बिरामीको अवस्था खस्कदै गएको बुझेर उनलाई सघन उपचार कक्षमा सारियो । संक्रमण बढ्दै गएकाले चिकित्सकको अनुभव तथा जजमेन्टका आधारमा सानो शल्यक्रिया गरी हेर्दा आन्द्रामा छिद्र देखिएकाले तत्काल शल्यक्रिया गरी आन्द्रा जोड्ने संभावना नरहेको हुँदा इलियोस्टोमी गरियो ।
बिरामीको अवस्था थप खस्कदै गएपछि आईसियूका पछिल्ला औषधिहरु प्रयोग गरिसकेपछि र डायलाईसिस गरेपछि पनि अवस्थामा सुधार नदेखिएको र मिर्गौला, मुटुलगायतका अंगहरुले समेत काम गर्न छाड्दै गएको अवस्थामा जेठ २९ गते बिहान ७ बजे उनको निधन भयो ।
स्वास्थ्य उपचार सेवामा असन्तुष्टी भएमा कानुनी उपचारको बाटो हुँदाहुँदै हुलहुज्जत, नाराबाजी र तोडफोड जस्तो असामाजिक गतिविधि गरी अस्पतालको सेवामा खलल नपुरयाउन सबैलाई अनुरोध गर्दछौं । विगत २५ वर्षदेखि निरन्तर आम नेपाली जनमानसको पहुँचमा पुग्नेगरी उपचार सेवा प्रदान गरिरहेको ओम अस्पताल सदाझैं स्तरीय उपचार सेवाका लागि प्रतिवद्ध छ ।

प्रतिक्रिया दिनुहोस्