Logo
|
Saturday 20th April 2024
Logo

epaper

कुष्ठरोग नियन्त्रणमा नयाँ अभियानः सम्पर्कमा रहनेलाई पनि औषधि



कुष्ठरोग नियन्त्रणका लागी सरकारले चासो देखाएको छ । यसलाई प्रभावकारी बनाउन सरकारले नयाँ अभियान अघि सारेको छ । नमूनाका रूपमा बाँके र बर्दियाबाट यो अभियान सुरु गरेको छ ।

कुष्ठरोग नियन्त्रणका लागि सरकारले वर्षौँदेखि ठूलो रकम खर्चिँदै आएको छ । तर पनि पनि संक्रमितको सङख्या उस्तै देखिएकाले सो अभियानको थालनि गरेको अभियानमा प्राविधिक सहयोग गरिरहेको अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था, दामियन फाउण्डेशनका नेपाल प्रतिनिधि डा सुशील कोइरालाले जानकारी दिनुभयो ।

यो परियोजना पूर्वका तीन जिल्लाबाट पाइलट प्रोजेक्टका रूपमा शुरु भएको छ । यस वर्षदेखि बाँके र बर्दियामा कार्यान्वयनमा आएको हो । क्षयरोग तथा कुष्ठरोगका क्षेत्रमा क्रियाशील दामियन फाउण्डेशनका प्रतिनिधि डा कोइरालका अनुसार – ‘यो नयाँ अभ्यासले कुष्ठरोग पूर्णतः नियन्त्रणमा आउने विश्वास लिइएको छ ।’

डा कोइराला बताउनुहुन्छ –‘तराईका जिल्लामा कुष्ठरोगको समस्या निरन्तर देखापरेपछि सरकारले नयाँ सोच अघि सारेको छ । सातामा २० घण्टाभन्दा बढी समय सङ्क्रमितसँग बिताउने जो कसैलाई पनि यो औषधि अनिवार्य गरिएको छ ।

बाँकेमा स्वास्थ्य एकाइलाई प्राविधिक सहयोग गरिरहेको टिबी नेपालका क्लिनिक इन्चार्ज हिक्मत खड्काकाले ‘कुष्ठरोग नियन्त्रणका लागि संवेदनशील विधि अपनाइएको छ ।’ यो विधि प्रभावकारी हुनेमा हामी पनि विश्वस्त रहेको जानकारी दिनुभयो ।

बिरामीले नियमित औषधि खाएर ठीक भए पनि उसको सम्पर्कमा रहेको अर्को व्यक्तिमा संक्रमणको आशङ्का गरिएको छ । सरकारले बिरामीको सम्पर्कमा रहने व्यक्तिको लागी रिफाम्पिसिन नामक औषधि खुवाउने भएको हो । यो अभियान बर्दियामा शुरु भइसकेको छ । खड्काका अनुसार बाँकेमा यहि साताबाट यो अभियान शुरु हुँदैछ । बाँकेमा ४०० बढी मूल बिरामीको सम्पर्कमा रहने थप ३० जनालाई औषधि खुवाइनेछ ।

जिल्लास्थित स्वास्थ्यकर्मी र गाउँटोलका महिला स्वास्थ्य स्वयंसेविकामार्फत २०७३ साउन यता उपचारमा रहेका सबै बिरामी तथा उनको सम्पर्कमा रहेका कम्तीमा ३० जनालाई औषधि खुवाउन लागिएको हो । बाँकेमा मात्रै १२ हजार बढीलाई यस वर्ष औषधि योजना अघि सारेको छ ।

सो अभियान कोहलपुर वडा नं १४ र १५ का स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई टिबी नेपाल र दामियन फाउण्डेशनले अभिमुखीकरण गरिसकेको छ । अभिमुखिकरण तालिम प्राप्त स्वास्थ्यकर्मी र स्वयंसेविकाले घरघरमा पुगेर बिरामी र उनको सम्पर्कमा रहनेलाई औषधि खुवाउने खड्काको भनाई छ ।

घरदैलोमै गएर दिइने सेवाका कारण क्षयरोग तथा कुष्ठरोगका नयाँ बिरामी पनि पहिचान हुने विश्वास अभियानले लिएको छ । सो औषधिको कुनै ‘साइड इफेक्ट’ नपर्ने भएकाले गर्भवती महिला बाहेक सबैले औषधि खान मिल्ने र यो अभियानले स्वास्थ्यकर्मीलाई जागरुक बनाउने डा. कोइरालाले बताउनुभयो ।

बिरामीलाई गोप्य राखेर औषधि खुवाइनेछ । कोहलपुर १४ र १५ को केन्द्रका रूपमा रहेको शम्शेरगञ्जबाट २०७३ यता १६ जनाले कुष्ठरोगको उपचार गराइरहेका छन् । मुलुकभर प्रति १० हजारमा एक जनामा कुष्ठरोगको संक्रमण देखिए पनि तराईमा समस्या बढी रहेको सरकारी तथ्याङ्कले जनाएको छ ।

वर्षेनी कुष्ठरोग संक्रमणको सङख्या तीन हजारको नघटेपछि अभियानको मार्फत प्रभावकारि बनाउन खोजिएको हो । क्षयरोग तथा कुष्ठरोगका क्षेत्रमा कार्यरत टिबी नेपालका क्लिनिक इन्चार्ज खड्काका अनुसार नेपाल सरकारले निजी क्षेत्रसँगको साझेदारीमा अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्