Logo
|
Monday 22nd April 2024
Logo

epaper

नेपालमा पहिलोटक ‘अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी’ सम्मेलन



नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीको आयोजनामा नेपालमा पहिलोटक ‘अन्तर्राष्ट्रिय इम्युनो अंकोलोजी’ सम्मेलन हुँदैछ । जुलाई ६ मा हुने यस सम्मेलनको पुर्वसन्ध्यामा ५ तारेखमा सञ्चारजगतलाई क्यान्सर उपचारबारे भइरहेका भ्रम र यथार्थबारे जानकारी गराइएको छ । नेपालमा भएका क्यान्सरसम्बन्धि अन्धविश्वास, क्यान्सर सम्बन्धि झुटा इन्फर्मेसनहरु, क्यान्सरमा भएका भ्रमहरुबारे एक्सपर्टहरुबाट पत्रकारहरुलाई यथार्थ जानकारी गराइएको छ । यसमा नेपाली सिनियर अंकोलोजी डाक्टरहरु र भारतका केही प्रमुख डाक्टरहरुको सहभागिता रहेको थियो ।
‘हामी कहाँ खडा छौं’ भन्ने मुख्य थिम (विषय) तय गरिएको छ । यसको अर्थ ‘हामी आफैंले आफैंलाई नियालेर हेर्नुपर्छ’ भन्ने हो । यसका साथै यसले हामी कहाँ छौं र कहाँ जानुपर्छ ? भन्ने मागर्दशन गर्छ । इम्युनो अंकोलोजीको क्लिनिकल अभ्यासमा विषयवस्तु सम्मेलनमा केन्द्रित गरिएको आयोजक कमिटीका अध्यक्ष वरिष्ठ अंकोलोजिष्ट डाक्टर सुदिप श्रेष्ठले बताउनुभयो ।
सम्मेलनमा इम्युनो अंकोलोजीसँग सम्बन्धित रहेर आफ्नो प्रोफेसनमा जनचेतना बढाउने र इम्युनो अंकोलोजी विधाको साइन्सलाई निर्देशित गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने नेप्लिज सोसाइटी अफ मेडिकल अंकोलोजीले आशा लिएको छ । यसमा आफ्नो मुलुकहरुमा लामो समयदेखि नयाँ विधामा प्राक्टिस गर्दै आउनुभएका एक दर्जनजति भारत र वंगलादेशका मेडिकल अंकोलोजीका फ्याकल्टीहरुको सहभागिता रहने छ । सम्मेलनमा स्वदेशी र विदेशी गरी करिब ३ सयको हाराहारीमा मेडिकल अंकोलोजिष्टहरुले भाग लिँदैछन् ।
इम्युनो अंकोलोजी भनेको क्यान्सर उपचारको नयाँ विधा हो । यस विधाअन्तर्गत औषधि प्रयोग गरी शरीरको इम्युनिटी पावर बढाएर सम्बन्धित भागको क्यान्सर सेल मारिन्छ । आजकल इम्युनो अंकोलोजी विधाले क्यान्सर उपचारमा संसारभर तहल्चा बच्चाइरहेको छ । यस विधाले सकारात्मक छवि बनाएकाले भविष्यमा यसले नेतृत्व लिनसक्ने सम्भावना बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्