Logo
|
Friday 19th April 2024
Logo

epaper

उत्पादन लागत बढ्यो तर मूल्य एउटै



अरुण चौधरी, बोर्ड अफ डाइरेक्टर/ रोडोडेन्ड्रोम बायोटेक प्रा.लि.

विगत १० वर्षदेखि सरकारले बृद्धबृद्धाका लागि निःशुल्क डायलाईसिस सेवा शुरु गरेको भएपनि ५ वर्षदेखि राज्यले विपन्नलगायत सम्पूर्ण नागरिकलाई निःशुल्क डायलाईसिस सेवाका लागि प्रति डायलाईसिस २ हजार ५ सय रुपियाँ अनुदान दिइरहेको छ । अहिले देशमा करिब ५ सय ५० जति डायलाईसिस मेसिन रहेका छन् । हरेक वर्ष २० देखि ३० प्रतिशतका दरले मेसिनको संख्या बढिरहेको छ । मिर्गौला विफल भएका करिब ४ हजार ५ सय व्यक्तिले हरेक हप्ता डायलाईसिस सेवा लिइरहेका छन् ।
सरकारले प्रति डायलाईसिस अनुदान रकम नबढाएकाले लागतको आधारमा सामानको मूल्य निर्धारण गर्न सकेका छैनौं । यदि लागत बृद्धिका कारण बिरामीले प्राप्त गर्ने सेवामा सम्झौता भएमा यसको दोष कसले लिने ?
कम्पनिको खर्चभार एकदमै बढेको छ । दिनदिनै प्रविधिहरु अपग्रेड भइरहेका छन् । कम्पनिमा नयाँ प्रविधि अपग्रेड गर्नुपर्छ । कम्पनिमा कार्यरत हरेक कर्मचारीको श्रम, उत्पादन सामाग्री, सामान ढुवानी रकम, उत्पादन गर्ने मेसिनको डिप्रिसिएसन र बैंकको ब्याज बृद्धिका कारण डायलाईसिस फ्लुडको उत्पादन लागत हरेक बर्ष बढिरहेको हुन्छ । यसकारण ५ वर्षको अवधिमा ४० देखि ५० प्रतिशत सम्म मुल्य बृद्धि भइसकेको छ । तर विगत ६ वर्षदेखि एउटै मूल्यमा डायलाईसिस फ्लुड उपलब्ध गराउनुपरेकाले दिगो हुन गा¥ह«ो परेको छ । त्यसैले सरकारले निश्चित मापदण्ड बनाएर राष्ट्रिय औषधि उद्योगलाई प्रोत्साहनको ढोका खोलिदिनुपर्छ ।
(अरुण चौधरी रोडोडेन्ड्रोम बायोटेक प्रा.लि.का बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्