Logo
|
Friday 29th March 2024
Logo

epaper

स्पाइनल कर्डको चोट र पुनर्स्थापना



सरस्वती श्रेष्ठ, फिजियोथेरापिष्ट

प्रायःजसो स्पाइनल कर्डमा चोट लागेका बिरामीको पुनस्र्थापना एक्युट स्टेज पार गरेपछि गरिन्छ । मेडिकल र अर्थोपेडिक स्थिरतामा ध्यान केन्द्रित गर्दा आत्मनिर्भरताको तयारीमा खासै चासो दिइँदैन । यसले बिरामीको शारीरिक र मानसिक दुवै अवस्था झन् बिग्रिदै जान्छ । लामो समयसम्म परनिर्भर हुने कारण उनीहरुमा केही गर्न सकिदैन भन्ने मानसिकता उत्पन्न हुन्छ । त्यसैले आइसियुको उपचारदेखिनै शारीरिक र मानसिक आत्मनिर्भरतासम्बन्धि अभ्यास गराउन जरुरी हुन्छ । पुनस्र्थापनाको एक्युट स्टेजदेखि नै बिरामीको चोटको तह र भविष्यमा उसले गर्ने कामको प्रकृतिबारे पूर्ण रुपमा जानकारी लिएर सोही अनुसार उपचारको योजना बनाउनुपर्छ ।
रेञ्ज अफ मोसन
जोर्नीको चलायमान अवस्थालाई रेञ्ज अफ मोसन भनिन्छ । एक्युट स्टेजमा जोर्नीको रेञ्ज अफ मोसन कायम राख्न सक्नु पुनस्र्थापनाको महत्वपूर्ण उपलब्धी हो । यसप्रति ध्यान नदिएमा एक वा बढी मांसपेशी खुम्चिएर जोर्नीको कार्य गर्ने क्षमता ढिलो हुने र क्षमताको विकास हुन पाउँदैन । थेरापिस्ट अथवा बिरामी आफैँले चलाउने, पि. एन. एफ टेक्निक, जोर्नी मोबिलाइजेसन, तन्काउने जस्ता टेक्निक प्रयाग गरेर रेन्ज अफ मोसन कायम राख्न र बढाउन सकिन्छ । (जाचाज्वेस्की १९८९) विभिन्न अर्थोटिक सामानको प्रयोग गरेर पनि यसलाई कायम राख्न या खुम्चिनबाट जोगाउन सकिन्छ । (रेडफोर्ट १९८०) स्पाइनल कर्डको चोटमा कुनै ठाउँमा सामान्य भन्दा बढी र कुनैमा थोरै टाइट भएमा कुनै स्पिेसिफिक कार्य गर्न सहयोग पु¥याउँछ ।
कुम
शरीरमा कपडा लगाउन कुमको फ्लेक्सन र अब्डक्सन सामान्य हुनुपर्छ । यदि ट्राइसेप्समा पावर नभएमा सुतेर उठ्नक कुमको एक्स्टेन्सन सामान्य भन्दा बढि लिएर आउनुपर्छ । (माथि फ्रिमान, स्पाइनल कर्ड इन्जुरी, फङ्सनल रिह्याबिलिटेसन) अस्थिर घाँटीको मेरुदण्डको चोटमा कुमको फ्लेक्सन र एक्स्टेन्सन ९० डिग्री भन्दा बढि गर्नुहुँदैन । (नवाक्जेन्स्की १९८७)
कुइना
कुइनामा शुन्य डिग्री एक्स्टेन्सन कायम राख्न सकेमा ट्रेटाप्लेजिकलाई ओल्टेकोल्टे फेर्न ओछ्यानबाट उठ्न र बस्न सहयोग गर्छ ।
नाडी र हातका औला
प्यासिभ रेञ्ज अफ मोसन गर्दा नाडी फ्लेक्सनमा लैजाँदा औंलाहरु न्युट्रल एक्स्टेन्सनमा हुनुपर्छ र नारी एक्स्टेन्सनमा लैजाँदा औंला पूरा फ्लेक्सनमा लानुपर्छ ।
तल्लो ढाड
तल्लो ढाड समान्यभन्दा अलि कसिलो बनाएमा टाउको र कुमको चलावटलाई खुट्टातिर सारिदिन्छ जसले ओछ्यानबाट ह्वीलचेयर र अन्य क्रियाकलाप गर्न सकिन्छ ।
हिप
हिड्न सक्ने बिरामीको हिप प्यासिभ एक्सटेन्सन पूर्ण हुनुपर्छ र नहिड्नेको शुन्य डिग्री हुनुपर्छ ।
कुर्कुचा
यदि ह्वीलचियर प्रयोगकर्ता भएमा शुन्य डिग्री हुनुपर्छ । हिँड्न सक्ने भएमा पुरा प्यासिभ रेन्ज अफ मोसन हुनुपर्छ ।
बल
राम्रोसँग काम गर्ने महत्वपूर्ण मांसपेशीहरुलाई एक्युट स्टेजदेखि बलियो बनाउनुपर्छ । एम. एम.टी. ५ भएकालाई पनि बलियो बनाउने कसरतको जरुरी पर्छ किनभने उनीहरुले अरु मासुको काम पनि गर्नुपर्छ । एक्टिभ असिस्टेड, रेसिस्टेड कसरत लगायत पि.एन.एफ टेक्निक, आइसोमेटिक, आइसोकाइनेटिक, प्रोग्रेसिभ रेसिस्टेन्ट कसरत लगायत एफ इ एसद्धारा मांसपेशी बलियो बनाउन सकिन्छ ।

श्वासप्रश्वास
चोटको तह अनुसार शवासप्रश्वासको कसरत गराउनुपर्छ । स्पाइरोमेट्री, परकसन, भाइबे्रसन, डाइफ्य्राग्मेटिक, स्ट्याक्ड, ग्लोसोफेरिकन्जियल ब्रिदिङग, असिस्टेड कफिङ्ग टेक्निकहरु अपनाउन सकिन्छ ।
छाला
जीवनभर लागु हुने छालाको स्याहार सुरुदेखि नै गर्नुपर्छ । अन्यथा सेन्सेसन नभएको खाटे घाउले धेरै सताउँछ र समयमा नै उपचार नगरेमा ज्यान पनि लिनसक्छ । पौष्टिक आहार, दिसा पिसाबको ब्यवस्थापन, छाला धेरै सुख्खा वा भिज्नुबाट बचाउने, दिनको दुइपटक छालामा परिवर्तन भएको छ वा छैन भनेर जाँच्ने, चुच्चे हड्डी भएको ठाउँमा धेरै दबाव नदिने आदि गर्न सकिन्छ । खाटमा दुइघण्टा भन्दा बढि एउटै पोजिसनमा सुत्नहुदैँन । थेरापिष्टले खाटमा ह्वीलचियर, ह्वीलचेयरबाट ट्वाइलेटमा सर्ने तरिका सिकाउनुपर्छ । ह्वीलचेयरबाट सहि कुसन राखेरमात्र बस्नुपर्छ । हरेक १५ देखि ३० मिनेटमा प्रेसर रिलिफ गर्नुपर्छ । यदि बिरामी आफैंले गर्न नसकेमा कुरुवालाई सिकाउनुपर्छ । यसका साथै सहि तरिकाले गरेनगरेको निरीक्षण गर्नुपर्छ ।
उठेर बस्न सहन सक्ने क्षमताको विकास
लामो समयसम्म बेडरेस्टमा बसेका टी सिक्स भन्दा माथिको चोट लागेकालाई शुरुमा बसाउँदा वा उभ्याउँदा पोस्चरल हाइपोटेन्सन हुनसक्छ । (बुचानाच १९८६) जुन रक्तचाप घटेर जान्छ । रिङ्गटा, उल्टी आउन खोज्ने, पसिना आउने, बेहोस हुने लक्षण देखिन्छ । त्यसैले बिस्तारै बस्ने डिग्री बढाउनुपर्छ । यसका लागि बेडको टाउकोको भाग बिस्तारै उठाउने र डिग्री बढाउन सकिन्छ ।
कार्यको तालिम
बिरामीले घर फर्किदा आफ्नो लेभलको चोट अनुसार सबै कार्य आत्मनिर्भरताका साथ गर्नसक्ने क्षमताको विकास गराउने हाम्रो मुख्य उद्देश्य हो । यी सबै कार्य गर्न बिरामी सीधा बस्न या उठ्न सकेपछि मात्र नभई बेड रेष्टदेखि नै सुरु गर्नुपर्छ ।
पुनस्र्थापनाको सुुरुवाती अवस्थामा थेरापिस्ट र बिरामी दुबै मिलेर रेन्ज अफ मोसन बल, श्वासप्रश्वास र कार्य गर्ने सीपलाई बचाएर राख्न सकिन्छ । यसले उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा नचाँहिदो समस्याबाट बचाउन मद्धत गर्छ । मेरुदण्डको भर्टेब्रल फोरमेनबाटबाट स्पाइनल कर्ड पास भएर जान्छ । स्पाइनल कर्डमा ८ सर्भाइकल, १२ थोरासिस, ५ लम्बर, ५ ससरल र १ कोशिजेल स्पाइनल नशामा जोडिएको हुन्छ । मेरुदण्डमा चोट वा नसामा ट्युमर इन्फेक्सनका कारण स्पाइनल कर्डमा समस्या देखिनसक्छ ।

प्रतिक्रिया दिनुहोस्