Logo
|
Thursday 25th April 2024
Logo

epaper

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार अख्तियारको नियन्त्रणमा, ८ लाख घुस लिँदा लिँदै रंगे हात पक्राउ



धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र डा. रामहरी रौनियार घुससहित पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माण ठेक्कामा कमिशनवापत् सेवाग्रहीसँग घुस माग गरिरहेको भन्ने सुचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ लाख रुपियाँ घुससहित असार २६ गते पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई प्रतिष्ठानको कार्यालय परिसर रहेको उपकुलपति निवासबाट रंगहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्