Logo
|
Saturday 20th April 2024
Logo

epaper

औषधि उद्योगमा नयाँ पुस्ता



विप्लव अधिकारी

आकर्षण
औषधि संवेदनशील क्षेत्र हो । यसमा धेरै प्रविधिहरुको प्रयोग गरिएको हुन्छ । नेपालमा अमेरिका, बेलायत, चीन र भारतमा जस्तै अत्याधुनिक प्रक्रियाबाट औषधि उत्पादन हुने गर्छ । यसरी नेपालमा औषधि उद्योगको भविष्य राम्रो देखेँ र केही गर्ने सोचका साथ औषधि उद्योगमा आकर्षण बढ्यो ।

करियर
हुन त म कुनै त्यस्तो डिग्री हाँसिल गरेर औषधिको क्षेत्रमा आएको व्यक्ति होइन । मैले काठमाडौंको रत्नराज्यलक्ष्मी स्कुलबाट एसएलसी गरेर त्रिचन्द्र कलेजबाट मास्टर्स डिग्री गरेको छु । औषधिको क्षेत्रमा सात वर्षदेखि संलग्न छु । विगत २ वर्षदेखि मेरो कम्पनिका औषधिहरु बजारमा गइरहेका छन् ।

नेपालमा ४० वर्षको अन्तरालमा औषधि उद्योगले ठूलो फड्को मारेको छ । यस अवधिमा मुलुकमा खपत हुने औषधिमध्ये स्वदेशी उत्पादनले ४५ प्रतिशत हिस्स ओगट्न सफल भएको छ । देशमा टेक्नोलोजीको विकास र क्षमता अभिबृद्धिमा औषधि विभागको भूमिका महत्वपूर्ण छ । स्वदेशी उत्पादनले धान्नसक्ने औषधिको आयात गरिरहन जरुरत छैन । सरकारले नेपाली उत्पादकको क्षमताका आधारमा आयातित औषधिमा रोक र स्वदेशी उत्पादनलाई प्राथमिकता दिएमा दुइवर्ष भित्रमा औषधिमा नेपाल ७५ प्रतिशतसम्म औषधिमा आत्मनिर्भर बन्नसक्छ । गुणस्तरमा सम्झौता हुँदैन ।

तर नेपालमा औषधि उद्योगलाई धेरै प्राथमिकता दिइएको छैन । राज्यले खासै हेरेको छैन । राज्यले स्वदेशी उत्पादनलाई प्राथमिकता दिएर कम्पनिको उत्थानमा ध्यान दिएमा स्वदेशी उत्पादनले फड्को मार्न समय लाग्दैन ।
भारतबाट पाठ सिक्न सक्यो भने पनि काफी हुन्छ । भारतमा जग्गा, ऋण, कच्चा पदार्थ लगायत धेरै शीर्षकमा औषधि उद्योगलाई सहुलियत उपलब्ध गराइन्छ । मुल्यको दृष्टिले भारत धेरै सस्तो औषधि उत्पादन गर्ने मुलुक अन्तर्गत पर्छ । हामीले पनि त्यहि मुल्यको हाराहारीमा औषधि बिक्री गरिरहेका छौँ । यसबारे हामीले औषधि व्यवस्था विभागसँग प्रतिबद्धता जनाइसकेका छौँ । स्वास्थ्य मन्त्रालयलाई पनि पत्र पठाइसकेका छौँ । मुल्यमा कुनै अन्तर हुदैँन । वंगलादेशले ८५ प्रतिशत कच्चा पदार्थ बाहिरबाट आयात गर्ने भएपनि उत्पादनमा ९७ प्रतिशत सक्षम छ ।
नेपालमा प्रतिवर्ष ४५ अर्बको औषधि खपत हुन्छ । त्यसमा करिब २० अर्वको औषधि स्वदेशी उत्पादन र २५ अर्वको औषधि विदेशबाट आयात हुने गर्छ ।
हाल मुलुकमा ५३ वटा एलोपेथिक औषधि उद्योग छन् । त्यसमध्ये पनि ३० वटा थप नयाँ कम्पनि सञ्चालनमा आउँदैछन् । सरकारले स्वदेशी उत्पादनले धान्न सक्ने करिब ३० वटा औषधिहरुको आयातमा प्रतिवन्ध लगाउने नीति लिएको छ ।
नेपालमा एलोपेथिक औषधि उत्पादन गर्ने कम्पनिहरु स्थापना गर्नेहरुको लहड नै चलेको छ । क्यान्सरको औषधि उत्पादनका लागि मल्टी नेशनल कम्पनि पनि नेपाल भित्रिदैछ । स्लाइन उत्पादन गर्ने कम्पनिहरु पनि थपिदैछन् ।
(अधिकारी नेपाल औषधि उत्पादक संघका सदस्य एवं इनोभेटिभ फर्माल्याबका प्रबन्ध निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्