Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रसुति सेवा लिन छिमेकी जिल्ला



प्रसुति सेवा लिन छिमेकी जिल्ला
 

कुमाख गाउँपालिका–१ स्वीकोटमा बर्थिङ सेन्टर नहुँदा यहाँका महिलाले प्रसुति सेवा लिन छिमेकी जिल्ला रुकुम जाने गरेका छन् । स्थानीय तहमा गुणस्तरीय बर्थिङ सेन्टर नहुँदा गर्भवति तथा सुत्केरीले समस्या भोग्नु परेको छ ।

‘यहाँका स्वास्थ्य संस्थामा सुरक्षित प्रसुति सेवा छैन’ स्थानीय कलसी विकले भनिन्, ‘गर्भवतीलाई बोकेर छिमेकी जिल्ला जाँदा बाटोमै गर्भवतीको ज्यान जाने जोखिम हुन्छ ।’ उनका अनुसार कुमाख गाउँपालिका–१ बाट सल्यानका अन्य बर्थिङ सेन्टरमा जानुभन्दा रुकुम जान नजिक पर्ने भएकाले पनि प्रसुती सेवा लिन छिमेकी जिल्ला जाने गरेका हुन् ।

स्थानीयले गाउँपालिकामै गुणस्तरीय बर्थिङ सेन्टरको माग गरेका छन् । ‘गर्भवतीलाइ व्यथाले च्याप्नेबित्तिकै चार÷पाँच घण्टा बोकेर रुकुम पु¥याउनुपर्छ’ वडाध्यक्ष गोपालबहादुर बुढाथोकीले भने, ‘तर समयमै पु¥याउन नसके आमा र बच्चा दुवैको ज्यान जोगाउन मुस्किल हुन्छ ।’ गत वर्ष रुकुमको चौरजहारीमा एक गर्भवतीलाई बोकेर लैजाँदै बाटोमै जन्मिएको नवजात शिशुको ज्यान गएको थियो ।

गाउँपालिकाको दुई वडामा तीनवटा स्वास्थ्य केन्द्र छन् । तर कुनै पनि केन्द्रमा बर्थिङ सेन्टरसहितको सुविधा छैन । गाउँपालिकासँग आवश्यक औषधि, उपकरण र जनशक्तिसहितको बर्थिङ सेन्टर माग गरे पनि सुनुवाईमा ढिला भएको वडाध्यक्ष बुढाथोकीले बताए । गाउँपालिका स्वास्थ्य संयोजक मानसिङ वलीले भौतिक पूर्वाधार निर्माणमा मात्रै जोड दिएकाले बर्थिङ सेन्टरको माग उपेक्षामा परेको बताए ।

तर गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बर्थिङ सेन्टर स्थापना गर्न भवन अभाव भएकाले विस्तारै माग सम्बोधन हुने बताइन् । सुरक्षित प्रसुती सेवा दिने स्वास्थ्यकर्मी भए पनि भवन अभावमा सेवा प्रवाहमा ढिलाइ भएको उनको भनाइ छ । ‘आगामी वर्षदेखी सुत्केरी हुन अर्को जिल्ला जानुपर्ने छैन’ उनले भनिन्, ‘त्यसका लागि हामी छिट्टै योजना बनाएर कार्यान्वयन गर्छौं ।’ अन्नपेर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्