Logo
|
Tuesday 16th April 2024
Logo

epaper

यसरी जोडिएको थियो २२ महिने बालकको चुडिएको औँला



ललितपुरको भैँसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले चुडिएको औैँलाको सफल शल्यक्रिया भएको छ । ९ घण्टा लामो शल्यक्रिया पश्चात चोरी र साइली औँला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिनुभयो ।

चोरी औँला (इन्डेक्स फिंगर) सतहबाट चुडिएको थियो भने माझी तथा साईली औँला बिचबाट चुडिएको थियो । दूर्घटना भएको ५ घण्टा भित्रै शल्यक्रिया शुरु गरिएको अस्पतालले जनाएको छ ।

बच्चाको औँलाको संरचना निकै सानो भएकाले माइक्रोस्कोपबाट हेरेर शल्यक्रिया गरिएको थियो । औँलामा काटिएको भन्दा पेलिएको घाँउ धेरै भएकाले रिप्लान्टेसन गर्न कठिन भएको प्लाष्टिक सर्जन डा. रायमाझीको भनाइ छ ।

उपचारमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी र मुना गुुरुङ्ग लगायतका स्वास्थ्यकर्मीहरुको संलग्नता थियो ।

यसरी भयो उपचार ?
डा. रायमाझीका अनुसार सर्वप्रथम चोरी औँलालाई काटेर रिप्लान्टेसन गरियो ।
त्यसपछि औलाको नशा (फ्लेक्जोर टेन्डन)सँग मात्र जोडिएको साइली औँलामा रक्तसञ्चार शुुरु गरियो ।
उहाँ भन्नुहुन्छ —‘माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको उपचार हुन सकेन ।’

जनचेतनामूलक जानकारी

औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडि पनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने ।
टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक ।

प्रतिक्रिया दिनुहोस्