Logo
|
Thursday 19th September 2019
NEWS PAPER

दमकमा १९ जनामा डेंगु सङ्क्रमण



फेसबुक , जनाइएको , शेर्पा

 झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए ।

दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा फैलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उनले बताए । दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण हुन नदिन त्यससम्बन्धी विभिन्न जनचेतना साथै लामखुट्टे बस्ने लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाले पनि डेंगु सङ्क्रमण कम देखिएको उहाँले जानकारी दिए ।

अहिले वर्षा भइरहँदा लामखुट्टेले पारेका अण्डा पानी बगाएर लाने भएकाले डेंगुको जोखिम कम हुने पनि प्रमुख अर्यालले बताए । वर्षा रोकिएपछि भने जमेर रहेको पानीमा लार्भा बढ्ने भएकाले नष्ट गर्ने अभियान पुनःसञ्चालन गरिने उनले बताए । रासस

NH
Health News
प्रतिक्रिया दिनुहोस्