Logo
|
Thursday 25th April 2024
Logo

epaper

यौन आकर्षण घटाउने शत्रु चिज, तथ्यले के भन्छ ?



सेक्स रिसेशन अर्थात शरीरिक सम्बन्ध राख्न मन नलाग्ने । हुन त उमेर बढ्दै जाँदा सेक्स प्रति रुचि घट्दै जानु स्वभाविक हो । तर कम उमेरमा यस्तो समस्या देखापर्नु सेक्स रिसेशनको संकेत हुन सक्ने चिकित्सकहरु बताउछन् ।
के भन्छ अध्ययन ?
सन् २०१३ मा नेसनल सर्वे अफ सेक्सुअल एण्ड लाइफस्टाइलद्धारा जारी तथ्याङ्क अनुसार १६ वर्ष देखि ४४ वर्ष उमेर समुहका मानिसहरु एक महिनामा ५ पटकभन्दा कम शारीरिक सम्बन्ध राख्दथे । जापान गरिएको एक अध्ययनका अनुसार १६ देखि २५ वर्षका ४६ प्रतिशत जापानी महिला र २५ प्रतिशत पुरुषहरु सेक्सलाई घृणाको नजरले हेर्ने गर्छन् ।
सन् २०१४ मा अस्ट्रेलिया नेसनल सर्वे अफ सेक्सुअल एक्टिभिटीका अनुुसार अहिले युवायुवती हप्तामा दुइपटक मात्र शरीरिक सम्बन्ध राख्छन् । जबकी १० वर्ष पहिले हप्तामा ४ पटक राख्थे ।
सेक्स रिसेसनको समस्या जापानमा उच्च भएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । त्यहाँ गरिएको एक सर्वेक्षणका अनुसार १६ वर्ष देखि २५ वर्ष उमेरका ४६ प्रतिशत जापानी महिला र २५ प्रतिशत पुरुषहरु शारीरिक सम्बन्ध राख्न मन पराउदैनन् । घृणाको नजरले हेर्र्ने अधिकारीको भनाइ छ ।
ब्रिटेनमा हालै भएको एक सर्वेक्षण अनुसार  त्यहाँका आधि आवादी हप्तामा मात्र एकपटक मात्र सेक्स गर्ने तथ्य बाहिर आएको छ ।सन् २००१ देखि २०१२ सम्म १६ वर्ष देखि ४४ वर्ष उमेर समुहका पुरुषहरुमा गरिएको अध्ययनमा त्यहाँका मानिसहरुमा सेक्सुअल एक्टिभिटी ५० प्रतिशत भन्दा कम भएको पाइएको थियो ।
प्रमुख कारण
यसका विभिन्न कारणहरु छन्। विशेषज्ञहरुका अनुसार बढि इन्टरनेटको प्रयोग, अनलाइन पोर्नग्राफी, सामाजिक सञ्जाल आदि यसका प्रमुख कारणहरु हुन् ।
पोर्नग्राफी (अश्लिल चलचित्र)
अनलाइन पोर्नग्राफीका कारण कतिपय मानिसहरुमा अनलाइन सेक्स एडिक्शन (लत) को समस्या देखिन थालेको छ । इन्टरनेट सेक्स एडिक्शनका कारण रियल सेक्स प्रति झुकाब कम हुँदै गइरहेको चिकित्सकहरु बताउछन । केइ.एम. हस्पिटल मुम्बइका कन्सल्टेन्ट इन सेक्सुअल मेडिसिन एण्ड सेक्सोलोजिस्ट डा. राजन भोस बताउछन् —‘जुुन मानिसमा पोर्न फिल्म हेर्ने बानी लाग्छ, उसलाई रियल सेक्स भन्दा पोर्न फिल्म हेर्न बढि मज्जा लाग्छ । त्यस्ता मानिसहरु कल्पनाको संसारबाट बाहिर आउन सक्दैनन्।’ उसले आफ्नो सेक्स पार्टनरलाई यौनआनन्द दिन सक्दैन । जसले उनीहरुको यौनजीवनमा उतारचढाव आउन थाल्छ ।
इन्टरनेट
इन्टरनेटले हाम्रो दिनचर्यालाई सहज बनाएको छ । तर यसका कैयाँै असर र साइडइफेक्टहरु भएको डा.भोसको बताउछन । उनका अनुसार आजकलका अधिकांश जोडी मोबाइल फोनमा यति व्यस्त हुन्छन् । उनीहरुसँगै भएर पनि टाढिएको अनुभुति गर्न थाल्छन । खाली समयमा एकअर्कासँग समय बिताउन छाडेर मोबाइल फोन चलाउन व्यस्त हुन्छन् ।
फोर्टिस हस्पिटलका डिपार्टमेन्ट अफ युरोलोजी नयाँ दिल्लीका डाइरेक्टर डा. रजिन्द्र यादब भन्छन् —‘आजकलका पुस्ताहरु एकअर्कासँग मिलेर सम्बन्ध बलियो बनाउन भन्दा अनलाइन डेटिंङ र डिजिटल सोशलाइजिंङ तिर बढि रुचि देखाउछन ।’
बडी बिल्डिङको क्रेज
अहिले युवापुस्तामा बडी बिल्डिङको क्रेज बढ्दो क्रममा छ । डा. रजिन्द्र यादवका भन्छन् —‘छिटै मांसपेशी बलियो बनाउने चक्करमा डाइट सप्लिमेन्ट र स्टेरोइडको साहार लिने गर्छन । जसले उसको शरीर कम समयका लागि बन्छ तर दीर्घकालिन रुपमा यसको स्वास्थ्यलाई नकारात्मक असर गर्न थाल्छ ।’ उनका अनुसार स्टेरोइड युक्त डाइट सप्लिमेन्टले नपुंसकता र सेक्स प्रति रुचि कम गराउँछ ।
अस्वस्थकर खानपान
सेक्स प्रति रुचि घट्नुमा अस्वस्थकर खानपान जिम्मेवार भएको डा. राजन भोस बताउछन् । अधिकांश मानिसहरु जंग फुड र फ्राइ फुड अत्याधिक खाने गर्छन । यसले हाइड्रोजेनेरेट फ्याटका मात्रा बढाउछ र सेक्स हर्मोनको स्तर न्युन हुन्छ ।

कसरी बच्ने ?
सबैभन्दा पहिला इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्न कम गर्नुपर्छ । हप्तामा २ घण्टा भन्दा बढि पोर्न फिल्म हेर्नुहुँदैन । थोरै समय हेर्दा यसले सेक्स प्रति रुचि बढाउँछ ।
हामीले खानपानमा विशेष ध्यान पु¥याउनुपर्छ । यौनजीवन सहज बनाउन यौनबद्र्धक खानेकुरा जस्तै अण्डा, माछा, एबोकाडो र डार्क चकलेट सेवन गर्नुपर्छ । शरीर बनाउने चक्करमा स्वास्थ्यलाई नकारत्मक असर पर्ने काम गर्नुहुँदैन ।
अफिसको कामको बोझ घरमा लिएर आउनुहुँदैन । सेक्सको मज्जा उठाउन सकेसम्म आराम गर्नुपर्छ । जब हामी रिल्याक्स हुन्छौँ, तब हाम्रो शरीरमा सेक्स हर्मोनको सञ्चार पनि बढ्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्