Logo
|
Thursday 25th April 2024
Logo

epaper

प्रधानमन्त्री पुनः अस्वस्थ




प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ हुनुभएको छ । उहाँ तिन दिन पहिले मात्र सिंगापुरमा औषधोपचार गरी स्वदेश फर्कनुभएको थियो । उहाँले आफू पुर्ण रुपमा स्वस्थ भएको ट्वीट मार्फत जानकारी गराउनुभएको थियो ।
आज ४ बजे बसेको नेकपाको सचिवालय बैठक प्रधानमन्त्री अस्वस्थ भएर उपस्थित नभएपछि औपचारिकतामा प्रवेश नगरी स्थगित भएको छ । सो बैठक शुक्रबार ३ बजे बस्ने जनाइएको छ ।
प्रधानमन्त्री ओलीको दुबै मिर्गौला विफल भएपछि सन् २००७ मा भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँ स्वास्थ्य परीक्षणका लागि बेलाबेलामा सिंगापुर जाने गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्