Logo
|
Friday 19th April 2024
Logo

epaper

भाइरल ज्वरोबाट कसरी बच्ने ?



वर्षायाममा विभिन्न संक्रमण फैलिने सम्भावना बढी हुन्छ । मौसम फेरबदल भइरहने भएकाले सरुवा रोगको प्रकोप बढ्ने गरेको हो । यो समयमा भाइरल ज्वरो, श्वास–प्रश्वासमा समस्या, रुघाखोकी, झाडापखाला, टाइफाइड, जन्डिस, हैजा, मलेरिया आदि विभिन्न रोगको संक्रमण हुने गर्छ ।

वर्षात्को समयमा बालबालिका र वृद्धवृद्धा अत्यधिक प्रभावित हुने गर्छन् । प्रतिरोधी क्षमता कम हुने भएकाले भाइरस तथा ब्याक्टेरियाको चाँडै संक्रमण हुन्छ । खासगरी बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् ।

भाइरल ज्वरो भाइरसको संक्रमणबाट हुने गर्छ । भाइरसबाट हुने रुघाखोकी एक व्यक्तिबाट अर्कोमा एकदमै छिटो सर्ने गर्छ । घरमा कसैमा रुघाखोकी लागेमा बच्चाहरू छिट्टै नै प्रभावित हुने गर्छन् । जसले गर्दा खोकी लाग्ने र ज्वरो आउने हुन्छ ।

कारण

  •  वर्षात्को समयमा ब्याक्टेरिया, भाइरस तथा जीवाणु वातावरणमा सजिलै फैलिने भएकाले विभिन्न संक्रमण हुने गर्छ । यस्ता संक्रमणले गर्दा ज्वरो आउने गर्छ । जसको मुख्य कारण हावामा पानीको मात्रा बढी हुनु हो ।
  •  सामान्यतया हावामा पानीको मात्रा बढी हुँदा कीटाणुहरू लामो समयसम्म बाँच्न सक्छन् । यस्तै, कीटाणुको प्रजनन बढी हुने हुँदासमेत सजिलै संक्रमण हुने गर्छ ।
  •  नियमितजसो पानी पर्ने भएकाले जताततै पानी जम्ने गर्छ । जमेको पानीमा लामखुट्टे तथा अन्य जीवाणु हुर्किन पाउँछन् । यस्तै, दूषित पानी खाना र हावाबाट शरीरमा प्रवेश गर्छन् ।
  •  गर्मीका कारण खानेकुरा छोटो समयमा नै कुहिने, ब्याक्टेरिया फैलिने हुन्छ । प्रदूषण बढ्दासमेत सरुवा रोगको सम्भावना बढेर जान्छ ।

वर्षात्को समयमा ब्याक्टेरिया, भाइरस तथा जीवाणुहरू वातावरणमा सजिलै फैलिने भएकाले विभिन्न संक्रमण हुने गर्छ । यस्ता संक्रमणले गर्दा ज्वरो आउँछ, जसको मुख्य कारण हावामा पानीको मात्रा बढी हुनु हो ।

कसरी बच्ने ?

  •  ज्वरो विभिन्न रोगको लक्षण हो । यदि समयमै रोकथाम गर्न सकिएन भने विभिन्न जटिल खालका संक्रमण हुने सम्भावना अत्यधिक रहन्छ ।
  •  व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ । घर, टोल र समाज सफा राख्नुपर्छ । फोहोर थुप्रिन दिनुहुँदैन, जसले गर्दा ब्याक्टेरियल संक्रमण छिटो फैलिन नपाओस् ।
  •  पानी जम्ने ठाँउ सफा गर्नुपर्छ । टायर, बाहिर राखिएका भाँडाकुडा, पानी अड्केर बस्न सक्ने ठाउँ सधैँ सफा हुन जरुरी छ । लामो समयसम्म पानी जम्दा लामखुट्टे तथा अन्य रोग सार्ने कीटाणु फैलिन्छन् ।
  •  एकाएक घाममा हिँड्नुहुँदैन । चर्को घाममा हिँड्दासमेत ज्वरो आउने हुन्छ । पानी प्रशस्त मात्रामा पिउनुपर्छ ।
  •  भाइरल संक्रमण अर्थात् पखाला, ज्वरो आदिको लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।   नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्