Logo
|
Thursday 18th April 2024
Logo

epaper

प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि यसै साता सिंगापुर जाँदै 



प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुन सिंगापुर जाने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली यसै साता सिंगापुर जान लगेका हुन् ।

यसपटक पनि उनको स्वास्थ्य परीक्षण यसअघि उपचारका लागि गएको नेशनल युनिभर्सिटी अस्पतालमा हुने छ । ‘जाने यसै साता नै हो तर कुन दिन जाने भन्ने टुंगो लागेको छैन,’ स्रोतले भन्यो, ‘मुख्य समस्या भनेको मिर्गौलाको हो । यसअघि चलाएको औषधि र केही थप परीक्षणका लागि जान लागेको हो ।’

उनको उपचारमा सम्लग्न एक जना नेपाली चिकित्सकले क्रियाटिनिन अझै पनि नियन्त्रण आउन नसकेको बताएका थिए ।
यद्धपी ओलीको सचिवालयले त्यति गम्भीर समस्या नभएको बताउँदै आएको छ । यसअघि १८ साउनमा सिंगापुर गएका प्रधानमन्त्री ओली २७ साउनमा स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्