Logo
|
Friday 29th March 2024
Logo

epaper

कान्तिमा बालबालिकाको गहन उपचार कक्ष सञ्चालनमा



कान्ति बाल अस्पतालमा पेडियाट्रिक इन्टरमिडिएट केयर युनिट (बालबालिकाको गहन उपचार एकाइ) सञ्चालनमा आएको छ । सो सेवाको उद्घाटन सोमबार सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा गरिएको हो । बालबालिकाको गहन उपचार एकाइ आठ शैया रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षता एवं स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री डा. सरेन्द्रकुमार यादवको उपस्थितिमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा अस्पतालका निर्देशक प्रा.डा. आरपी बिच्छाले गुणस्तरीय र सर्वसुलभ सेवाका लागि अस्पताल कटिबद्ध रहेको बताउनुभयो  ।

उहाँले भन्नुभयो-‘एक रात बालबालिका निजी अस्पतालमा राखेको ३५  हजार रुपैयाँसम्म लिन्छन् । अस्पतालमा राख्दा घरबार, गरगहना सबै रित्याएर चौथो दिन पुनः कान्तिमा आउँदा पनि बेड उपलब्ध हुँदैन र अस्पतालमै मृत्युवरण गर्न बाध्य हुन्छन् । ’ स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्वास्थ्य सेवालाई अझ विशिष्टीकृत बनाउँदै लैजानुपर्ने बताउनुभयो  । कान्ति बाल अस्पतालले पछिल्लो चरणमा सेवालाई गुणस्तर बनाउन योजना सहित लागिपरेको छ ।

प्रतिक्रिया दिनुहोस्