Logo
|
Thursday 28th March 2024
Logo

epaper

स्लीप एप्नियाले क्यान्सरको जोखिम बढाउँदैः अध्ययन



निद्रा सम्बन्धी समस्या आजकल सामान्य बन्दै गइरहेको छ । धेरै मानिसहरु यसबाट पिडित छन् । कसैलाई पटक्कै निद्रा लाग्दैन त कसैलाई बढि निद्रा लाग्छ । कतिपय मानिसहरु सुत्दा ठुलो आवाज निकालेर घुर्ने गर्छन् ।  यसका अलावा स्लीप एप्निया पनि निन्द्रा सम्बन्धि समस्या हो । यो समस्या भएको मानिसलाई निद्रामा श्वास फेर्न समस्या हुन्छ । श्वासप्रश्वास बन्द हुन्छ । जसले गर्दा पटक पटक निद्राबाट ब्युँझिन्छ ।  यसका अलावा राती सुत्दा बेस्सरी घुर्ने, पूरै रात निदाए पनि थकित महसुस हुने आदि स्लीप एप्नियाका लक्षण हुन् । यस्ता समस्या देखिएमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

के भन्छ अध्ययनले?
युरोपियन रेस्पिरेटोरी जर्नलमा प्रकाशित एक अध्ययनले सबैलाई चकित पर्ने तथ्य सार्वजनिक गरेको छ । सो अध्ययनमा अब्ट्रक्टिभ स्लीप एप्निया भएका २ प्रतिशत ब्यक्तिहरुलाई क्यान्सर देखिएको थियो । युरोपीयन डाटाबेस इएसएडिएद्धारा गरिएको अध्ययनमा २० हजार जना बिरामीलाई सामेल गरिएको थियो ।

अब्ट्रक्टिभ स्लीप एप्नियाका लक्षण
–ठूलो स्वरले घुर्ने
–निदाएको बेला घाँटी दुख्ने
– निदाएको बेला श्वास रोकिने
–निद्रामा बारम्बार सास फुल्ने
–निद्रा पुगेपनि बिहान टाउको दुख्ने
–निन्द्रा नलाग्ने, दिउँसो बढि निन्द्रा लाग्ने (हाइपरसोम्निया)
–निन्द्रबाट ब्यूँझिएपछि एकोहोरो हुने

क्यान्सरको खतरा
स्लीप एप्निया कारण क्यान्सर हुनसक्ने अध्ययनले देखाएको छ । यद्यपि स्लीप एप्निया र क्यान्सरका कारक तत्वहरु मिल्दाजुल्दा हुन्छन् । स्वीडेनको गोथेनबर्ग विश्वविद्यालयका प्राध्यापक लुजर ग्रोटे भन्छन्— ‘स्लीप एप्निया र क्यान्सर भएकाहरुमा तौल बढ्ने लगायतका उस्तै  कारक तत्वहरु एकसाथ देखिन थाल्छ । त्यसैले समस्या अझ ठूलो भएर आउँछ ।’
अध्ययनमा संलग्न अनुुुसन्धानकर्ताका अनुसार उमेर, लिङ्ग, बीएमआई, धुम्रपान र मद्यपान आदिले पनि क्यान्सरको जोखिम बढाइरहेको छ । महिलाको सेक्स हर्मोन गढबढी, तनाव, स्लीप एप्निया जस्ता समस्याहरु लामो समयसम्म रहिरहेमा शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर बनाउँछ । जसले गर्दा महिलालाई घातक मेलानोको क्यान्सर हुनसक्ने अनुसन्धानमा संलग्न विज्ञहरुको भनाइ छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्