Logo
|
Thursday 25th April 2024
Logo

epaper

पिसावको दुर्गन्ध : मुत्रशय संक्रमणको संकेत !



मूत्राशयमा हुने संक्रमणलाई सिस्टिटिस भनिन्छ । यसलाई मूत्राशयको सूजन पनि भनिन्छ । यो समस्या महिलाहरूमा सामान्य हुने गरेको पाइन्छ । तर सामान्यतया पुरुषहरू यस समस्याबाट ग्रसित हुँदैनन् ।  यस्ता किसिमका समस्या देखिएमा पुरुषहरुले सचेत हुन जरुरी छ । आधा भन्दा बढी महिलाहरू आफ्नो जीवनमा कुनै समय मूत्राशय संक्रमणबाट प्रभावित हुने गरेको अनुसन्धानले देखिएको छ । ब्ल्याडरको संक्रमणको जोखिम पनि उमेरसँगै बढ्दै जाने चिकित्सकहरु बताउछन् । महिलाहरुमा मूत्रासयको संक्रमण बढि हुने कारण पत्ता लागेको छैन् । तर महिलाको मूत्रमार्ग पुरुषहरूको भन्दा छोटो हुने भएकाले महिलाहरुलाई बढि संक्रमण हुने चिकित्सकहरुको भनाई छ । महिलाको मूत्रमार्ग एकदम छोटो हुन्छ । यो लगभग एक या आधा इन्च जति हुन्छ । त्यसैले मूत्रमार्गमा ब्याक्टेरियाहरुले सजिलै प्रभाव पार्दछ । त्यसकारण महिलाहरुलाई बढि जोखिम हुने गरेको छ ।

मूत्राशय संक्रमणको लक्षण
पेशाब फेर्दा पोल्नु असह्य पिडा हुनु मूत्राशय संक्रमणको सामान्य लक्षण हुन । यसका अलावा छिनछिनमा पिसाव लाग्ने, धेरै पिसाव लागेता पनि पुरा फेर्न नसक्ने, पिसावबाट गन्ध आउने र पिसावको रंग रातो हुने आदि मूत्राशय संक्रमणका लक्षणहरु हुन । बृद्धबृद्धालाई थकान महशुस हुने एवं मानसिक दुविधा उत्पन्न हुनसक्छ । ज्वरो वा चिसो लाग्ने समस्या पनि देखिन्छ । यस्तो अवस्थामा मिर्गौलालाई असर गरेको पनि हुनसक्छ ।

चिकित्सकलाई कहिले सम्पर्क गर्ने?
मूत्राशय संक्रमणको लक्षण देखिने बित्तिकै तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्छ । एकचोटी उपचार भइसकेपछि पनि पुनः संक्रमणको भएमा पनि चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।
पेशाब फेर्दा असह्य पिडा, बान्ता, ज्वरो, कम्मर र पेट दुखेमा संक्रमणले मिर्गौलालाई समेत असर गरेको हुनसक्छ । यसको मतलब प्रोस्टेट संक्रमण र मिर्गौलामा ट्यूमर पनि भएको हुनसक्छ ।
यस्तो अवस्थमा तुरून्त चिकित्सकीय सहायता लिनपर्छ । पिसाव फेर्दा पिडा हुने, पोल्ने र सेतो पीपजस्तो आउने आदि यौनरोगको लक्षण पनि हुन सक्छ । त्यसकारण ढिलाइ नगरी पिसाव जाँच गराउनुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्