Logo
|
Saturday 20th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर हस्पिटल व्यवस्थापन समितिद्धारा भक्तपुर नगरपालिकाबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर



भक्तपुर क्यान्सर हस्पिटलको व्यवस्थापन समितिले भक्तपुर नगरपालिका, मेयर सुनिल प्रजापति, वडाअध्यक्षहरु, हस्पिटलका मेडिकल डाइरेक्टर ऋषिकेश नारायण श्रेष्ठ गरी ८ जनाबिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दायर गरेको छ । नयाँ बनेको अस्पताल व्यवस्थापन समिति अवैधानिक भएको र कानुनी राज्यमा संस्थाको अस्तित्व मेट्न खोजेको भन्दै मौजिदा हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (इश्वर) लगायत समितिका सातै जनाले उनीहरुबिरुद्ध मुद्धा दायर गरेका हुन् । भोलि (भदौ ५ गते) १० बजेका लागि पेशी तोकिएको अस्पताल व्यवस्थापन समितिका सचिव बिमल होडाले बताउनुभयो ।

अस्पतालका कर्मचारीहरुले अस्पतालमा नैतिक भ्रष्ट्राचार गरेको गुनासो बाहिर ल्याएपछि  भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरेको थियो । यसलाई राजनीतिक हस्तक्षेपको संज्ञा दिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाद्धारा सञ्चालित भक्तपुर क्यान्सर हस्पिटल सामुदायिक, गैर सरकारी, गैर नाफामुलक, पब्लिक प्राइभेट पार्टनरसिपका रुपमा व्यवस्थापन गर्न सफल एउटा नमुना च्यारिटी अस्पताल हो । मौजुदा वोर्ड मिटिङले मेडिकल डाइरेक्टर डा. श्रेष्ठलाई निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्