Logo
|
Friday 19th April 2024
Logo

epaper

राप्ती स्वास्थ्य प्रतिष्ठानका चिकित्सकद्वारा सामूहिक राजीनामा



राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत २२ चिकित्सकले बिहीबार सामूहिक राजीनामा दिएका छन् । उपकुलपति डा. संगिता भण्डारीले ज्यादती गरेको, अभद्र व्यवहार गरेको र मानसिक तथा भौतिकरूपमा काम गर्ने वातावरण सिर्जना नगरेकाले राजीनामा दिएको चिकित्सकहरूले बताएका छन् ।

भण्डारीले केही चिकित्सकलाई अनावश्यक दबाव दिएको, हटाउन खोजेको र पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नगरेको उनीहरूको गुनासाे छ ।

लामो समयदेखि विवाद हुँदा प्रतिष्ठानले गति लिन सकेको छैन । चिकित्सकहरूले राजीनामा दिएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ
।आजको कान्तिपुरदैनिकमा दुर्गालाल केसीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्