Logo
|
Thursday 18th April 2024
Logo

epaper

श्रीमतीको यस्तो गुणले बन्छन श्रीमान भाग्यमानी



धर्मशास्त्रअनुरुप श्रीमतीलाई अर्धांगिनी मानिन्छ । शास्त्रले भन्छ– असल श्रीमती भएको घरमा लक्ष्मीको बास हुन्छ । श्रीमती खराब परिन भने घरबार टाट हुन्छ ।

गुणहरु 

  • मीठो बोली

धर्मशास्त्र अनुसार, महिलामा हुनुपर्ने अर्को गुण भनेको मीठो बोल्ने हो । यति तपाईकी श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् भने तपाई भाग्यमानि हुनुहुन्छ ।

  • गृहकार्यमा दक्ष र घर सम्हाल्ने

घरको काम जस्तै, खान बनाउने, सरसफाई गर्ने, सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुलाई आदर, सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने गुण भएकी श्रीमती छिन् भने तपाईं भाग्यमानि हुनुहुन्छ । श्रीमतीमा हुने यस्ता गुणले तपाईको घरमा झगडा हुँदैन ।

  • धर्मको पालना

धर्म भनेको अनुसासन हो । यदि तपाईकी श्रीमती धर्मको पालना गर्छिन् अर्थात आस्थिक छिन् भने पनि मान्नुस् तपाई भाग्यमानी हुनुहुन्छ । आस्थिक श्रीमतीले आफ्नो श्रीमान र परिवारको हितमा काम गर्छिन् । उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस् ।

  • श्रीमानको कुरा मान्ने

यदि तपाईको श्रीमतीले तपाईको कुरा मान्छिन भने पनि तपाई भाग्यमानि हुनुहुन्छ । त्यस्ती श्रीमतीलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छ । पतिव्रता पत्नी सँधै आफ्नो श्रीमानको सेवामा लाग्छिन् । श्रीमतीले तपाईको चित्त दुखाउने कुरा गर्दिनन् । आफ्नो श्रीमानलाई सँधै प्रसन्न राख्ने प्रयास गर्ने श्रीमतीलाई श्रीमानको पनि त्यस्तै ब्यबहार हुने हुँदा उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्