Logo
|
Friday 29th March 2024
Logo

epaper

भिडियो गेमले स्वास्थ्यमा गर्छ यस्तो असर



प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका र युवाहरू मोबाइल, ट्याबलेट, कम्प्युटरलगायत विद्युतीय उपकरणमा व्यस्त हुन थालेका छन् । मानिसहरू घन्टौँसम्म पब्जीजस्ता भिडियो गेम खेल्छन्, जसले मानसिक समस्या निम्त्याउन सक्छ ।

इन्टरनेट गेमिङ डिसअर्डर
हाल कतिपय बालबालिका इन्टरनेट गेमिङ डिसअर्डरको समस्या लिएर अस्पताल आउने गरेका छन्, यो एकप्रकारको मानसिक रोग हो । खेल्न छाड्दा छटपटी हुने, बिस्तारै टाउको दुख्ने, निद्रा नलाग्ने, रिस उठ्नेजस्ता समस्या देखिन्छन् ।

कतिपयमा धैर्य गर्ने क्षमतामा कमी आउने गर्छ । पब्जीजस्ता गेममा धेरैजसो विषयवस्तु हिंसात्मक हुने गर्छन् । लामो समय गेममा बिताउँदा दिमागमा गहिरो छाप पर्ने भएकाले बालबालिकाले बाहिर पनि यस्तै क्रियाकलप देखाउने जोखिमरहन्छ ।

इन्टरनेट गेमिङ एडिक्सन
जाँडरक्सी तथा ड्रग्सजस्तै गेमको पनि लत हुने गर्छ । सुरु–सुरुमा रमाइलोका लागि खेल्ने गर्छन् । तर, बिस्तारै लत पर्दै जान्छ । भिडियो गेमले दिमागको फ्रोन्टल कर्टेक्समा कोकिन सेवन गर्ने व्यक्तिमा झैँ असर पार्छ । अर्थात् वयष्कहरूमा ड्रग्सको असर जति देखिन्छ, बालबालिकामा गेमको मानसिक असर पनि त्यत्तिकै हुन्छ । लामो समयमा गेम खेलेर बिताउने बच्चाहरू एकोहोरो हुँदै जान्छन् । जसको प्रत्यक्ष असर दिमागमा परिरहेको हुन्छ । वयष्कहरूमा ड्रग्सको असर जति देखिन्छ, बालबालिकामा गेमको मानसिक असर त्यत्तिकै हुन्छ । लामो समयमा गेम खेलेर बिताउने बच्चाहरू एकोहोरो हुँदै जान्छन् । जसको प्रत्यक्ष असर दिमागमा परिरहेको हुन्छ ।

इन्टरनेट गेममा समय निश्चित नहुनुले पनि मुख्य समस्या निम्त्याइरहेको पाइन्छ । राति अबेरसम्म खेलेर बस्ने, निद्रा नपुग्ने, बिहान ढिला उठ्दा पढाइ प्रभावित हुनेलगायत विभिन्न समस्या देखापर्छ । बिस्तारै उनीहरूको जीवनशैलीमा नै असर पर्दै जान्छ । फलस्वरूप स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् ।

समाधान
इन्टरनेट गेमिङको असरबारे ज्ञान दिनु नै पहिलो समाधान हो । बालबालिकालाई घर–परिवार तथा विद्यालयमा यसबारे अनिवार्य जानकारी दिनु जरुरी हुन्छ । उनीहरूलाई लामो समयसम्म ग्याजेटमा समय बिताउन दिनुहुँदैन । बिस्तारै लत बस्दै गएपछि भनेको नमान्ने, झगडा गर्ने, तोडफोड गर्ने हुन्छन् । तसर्थ सुरुवातीको चरणमै नियन्त्रण गर्नुपर्छ । लत परिसकेका व्यक्तिलाई मनोविद् तथा मनोचिकित्सकको सहयोगबाट उपचार गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्