Logo
|
Friday 19th April 2024
Logo

epaper

कपाल चम्किलो बनाउने तरिका



मानिसको सुन्दरतामा कपालको पनि विशेष महत्व हुन्छ । स्वस्थ्य चम्किलो कपालले व्यक्तित्वमा थप निखार ल्याउँछ । त्यसैले, कपाल नरम र चम्किलो बनाउने चाहना सबैको हुन्छ । जाडो महिनामा छालाको विशेष ख्याल राखेजस्तै कपालको पनि ख्याल राख्नुपर्ने हुन्छ । यो मौसममा टाउँकोको छाला पनि सुक्खा हुन्छ ।

जसले कपालमा चायाँ पर्ने समस्या हुन्छ । त्यसैले, जाडो मौसममा चायाँबाट छुटकारा पाउन अथवा नरम र चम्किलो कपाल बनाउन केही उपाय अपनाउन सकिन्छ ।

हप्तामा दुई–तीनपटक तोरी, आलमन्ड, ओलिभमध्ये उपलब्ध भएका तेलले कपालको जरैदेखि मसाज गर्दा टाउकोको छालामा पोषण पनि मिल्छ र कपाललाई चम्किलो र नरमसमेत बनाइराख्छ । टाउकाको छालाको रक्तसञ्चार बढाउनमा पनि हप्तामा एकपटक हेयर आयलले मसाज गर्न आवश्यक छ ।

एभोगाडोको गुदीमा दुई चम्चा तोरीको तेल या अन्डाको पहेँलो भाग मिलाएर बनाएको पेस्ट कपालमा मास्कका रूपमा प्रयोग गर्दा भिटामिन ए र ई प्राप्त हुन्छ । पेस्टलाई आधा घन्टासम्म कपालमा रहन दिएर पाँच मिनेट स्टिम दिएपछि पखाल्दा नरम र चम्किलो बन्छ । अन्डाले कन्डिसनरको काम गर्छ ।

कपालका लागि स्याम्पु र कन्डिसनर साथै कन्डिसनिङ पनि आवश्यक पर्छ । आधा कप पानीमा सिरका र बियरको मिश्रण कपालमा लगाएर केही मिनेट राखेपछि स्याम्पु गर्दा कपाल स्वस्थ एवं चम्किलो बन्छ । यसले कपालका हाँगा फाट्नबाट समेत बचाउँछ । कपालमा कन्डिसनिङ गरिसकेपछि तातोपानीमा तौलियालाई भिजाइ निचोरेर त्यसले दुई–तीन मिनेट कपाल या टाउकोमा बेर्नुपर्छ । यसो गर्दा कपाल सिल्की र नरम हुन्छ ।

कपाल कडा प्रोटिनले बनेको हुन्छ । त्यसैले, खानामा दूध, दही, विभिन्न गेडागुडी, हरिया सागपात, अन्डा, माछा हुनु जरुरी छ । यससँगै भोजनमा भिटामिन ‘ए’, ‘सी’ र ‘ई’को मात्रा बढाउनुपर्छ । भिटामिन ‘ए’ले कपाललाई पोषण दिन्छ, ‘सी’ले कपाललाई चमक प्रदान गर्छ । त्यस्तै, ‘ई’ले कपालको लम्बाइ बढाउँछ । भिटामिन ‘ए’ पहेँलो फलफूलमा पाइन्छ ।

‘सी’ अमलामा प्रशस्त हुन्छ भने ‘ई’ बदाम र एभोगाडोमा पाइन्छ । सिरोमको प्रयोग पनि कपालमा आवश्यक छ । यसले कपाल लट्टा पर्नबाट जोगाउनुको साथै सूर्यको किरणले गर्ने नोक्सानीबाट जोगाउँछ ।

(हेमा राई ब्युटिसियन हुन्) 

प्रतिक्रिया दिनुहोस्