Logo
|
Thursday 25th April 2024
Logo

epaper

पुदिनाका अनेक फाइदा



संसारभर नै पुदिनालाई अचारको रूपमा प्र्रयोग गरिन्छ । पुदिना अचारमा मात्र सीमित हुने वनस्पति होइन । यसलाई चिया, टुथपेस्ट, चुइगम, माउथ स्प्रेलगायतमा पनि प्रयोग गरिन्छ । यसले स्वास्थ्यमा अत्यन्तै फाइदा पु-याउँछ । पुदिनामा औषधीय गुण हुने भएकाले नियमित प्रयोग गर्दा अनेक फाइदा हुन्छ ।फाइदा
-पुदिना खाएमा यसले पाचन प्रणालीलाई व्यवस्थित बनाउन भूमिका निर्वाह गर्छ । पेटमा कुनै प्रकारको समस्या देखिएमा पनि पुदिनाको चिया बनाएर पिउन सक्नुहुन्छ । यसले मुखको लारा ग्रन्थिलाई सक्रिय बनाउँछ । लारा ग्रन्थिले पाचन इन्जाइम निकाल्न महत्वपूर्ण भूमिका खेल्छ ।
-कलेजोले बिस्तारै–बिस्तारै राम्रोसँग काम गर्न छाडेको छ भने पनि पुदिनाको प्रयोग गर्न सक्नुहुन्छ । यसले कलेजोसम्बन्धी कैयौँ समस्याबाट मुक्त बनाउँछ ।
-एक अनुसन्धानअनुसार पुदिनाको प्रयोगले मस्तिष्कलाई पनि फाइदा पु-याउँछ । पुदिनाले मस्तिष्कको कामलाई सक्रिय बनाउनुका साथै धारणशक्तिलाई पनि बलियो बनाउँछ । यसले सम्झन सक्ने क्षमतालाई पनि बढाउँछ ।
-पुदिनाले तौल घटाउन पनि भूमिका खेल्छ । पुदिनाले फरक–फरक प्रकारका पाचन इन्जाइम उत्पादन गर्न प्रेरित गर्छ । र, हामीले खाएका खानाबाट त्यस्ता इन्जाइमको उत्पादन हुन्छ । यस्तो अवस्थामा शरीरले बोसो एकत्रित गरी ऊर्जामा परिवर्तन गर्छ ।
-पुदिनाले दाँत र मुखलाई पनि स्वस्थ राख्ने काम गर्छ । यसले साससमेत ताजा बनाउँछ । यसका साथै पुदिनाले शरीरमा रोगप्रतिरोधी क्षमतासमेत बलियो बनाउन भूमिका खेल्छ । पुदिनाले मुखमा उत्पादन हुने खराब ब्याक्टेरियाको विकासलाई रोक्ने काम गर्छ, जसले गर्दा दाँत र जिब्रोलाई स्वस्थ राख्नुका साथै सफा पनि गर्छ ।
-पुदिनाले क्यान्सरजस्तो रोगबाट बचाउन सहयोगी काम गर्छ । किनकि, यसमा क्यान्सरसँग लड्ने इन्जाइम हुन्छ ।
-पुदिनाले रगतलाई सफा गर्ने काम पनि गर्छ । यसका साथै शरीरको शान्त मांसपेशीमा एन्टिस्मास्मोडिक इफेक्ट पार्छ । जसका कारण महिलाको महिनावारीमा हुने दुखाइलाई समेत कम गर्छ ।
-पुदिनाको चिया बनाएर पिउँदा तनावबाट पनि टाढा रहन सकिन्छ । यसले मांसपेशी र जोर्नीको दुखाइमा समेत राहत प्रदान गर्छ ।

प्रतिक्रिया दिनुहोस्