Logo
|
Friday 29th March 2024
Logo

epaper

आरामदायी जीवनका लागि ५ टिप्स



भनिन्छ, सफल हुनु भनेको आफ्नो जीवनका हरेक कथाहरूको सन्तुलन मिलाउनु हो । सफलता र खुसी परिवार पर्यायवाचीजस्तै हुन् । यदि कसैले परिवार नै मिलाउन सक्तैन भने उसले व्यवसायसमेत राम्ररी गर्न सक्तैन भन्ने गरिन्छ ।यद्यपि, एउटा व्यक्तिमा सम्पूर्ण पारिवारिक खर्च धान्नुपर्ने भएकाले लामो समय काममा बिताउनुपर्दा दबाब हुन्छ । यसरी बढी व्यावसायिक हुनुपर्दा परिवारलाई पर्याप्त समय दिन सकिँदैन । र, भौतिक सुखका बीच पनि कतिपय अवस्थामा परिवारभित्र तनावसमेत सिर्जना भइरहेको हुन्छ । अनि, आफ्नो जीवन पनि थप संघर्षपूर्ण भइराखेको हुन्छ । यी केही नियम पालना गर्न सके यस्ता समस्याबाट बच्न सकिन्छ :१. कहिलेकाहीँ बिदा लिने
सधैँ काममा ध्यान केन्द्रित गर्नुपर्ने व्यक्तिको बाध्यता छ । यद्यपि, जीवन सन्तुलित बनाउन काममा केही समय विश्राम लिन जरुरी हुन्छ । यसका लागि हप्तामा कुनै दिन बिदा लिएर घुम्न जाने वा एकान्तमा बस्ने गर्नुपर्छ । जसले हरेक विषयमा सोच्ने समय प्रदान गर्छ । यसो गर्दा कामबाट हुने तनाव कम गर्नुका साथै महत्वपूर्ण काममा ध्यान दिनसमेत मद्दत पुर्‍याउँछ ।

२. आफूलाई प्राथमिकता दिने
कामको चापबाट हुने तनावलाई कम गर्न आफूलाई मन पर्ने अन्य क्रियाकलाप गर्न सकिन्छ । जस्तै, कार्यालयमै रहँदासमेत आफूले विगतमा गरेका कामहरू केलाउन सकिन्छ । आत्ममूल्यांकन गर्दा आफ्ना कमी–कमजोरी छुट्याउन मद्दत पुर्‍याउँछ । अनि, थप काम गर्नसमेत जागरुक बनाउँछ ।
३. हुँदैन भन्न सिकौँ
कुनै विषय महत्वपूर्ण छ वा छैन भनेर निर्णय लिन सक्नुपर्छ । हुन पनि कतिपय काम हामीले नचाहेर समेत भइरहेका हुन्छन् । सम्बन्ध बिग्रने, अरूका अगाडि बेइज्जत हुने डरले आफू नरम बन्ने बानीले जीवनमा धेरै नोक्सान हुन सक्छ । यस्ता विषयले पछि तनाव दिनुका साथै सफलतामा समेत बाधा पुग्ने हुन्छ । यसर्थ, नचाहेका कुरा अस्वीकार गर्ने बानी गर्नुपर्छ ।

४. सोच्न र रमाइलो गर्न एक घन्टा समय लिने 
रमाइलो गर्न वा आफ्नो बारेमा सोच्नका लागि दिनमा कम्तीमा पनि एक घन्टा समय छुट्याउनुहोस् । यो समयमा आफूलाई मन पर्ने पुस्तक पढ्ने, साथीहरूसँग रमाइला गफ गर्नेजस्ता क्रियाकलाप गर्नुपर्छ ।

५. परिवारसँग प्रशस्त समय बिताउने
परिवारसँग प्रशस्त समय बिताउँदा आत्मीयता महसुस हुन्छ । दिनभरिको कामको बोझले हुने तनावबाट समेत राहत मिल्छ । सामान्यतया परिवारका सदस्यबीच एक–अर्कामा सधैँ सकारात्मक सोच हुने भएकाले यसले कामप्रति थप प्रेरित गर्छ ।

प्रतिक्रिया दिनुहोस्