Logo
|
Friday 19th April 2024
Logo

epaper

यी चिज खानुहुँदैन दुधसँग



दूध (गाई–भैँसी या अन्य घरपालुवा जनावरको) मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो । बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो । मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पु-याउन जरुरी छ । कतिपय अवस्थामा दूध स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ ।  मासको दाल
मासको दाल खाएपछि दूध पिउनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । मास र दूधमा पाइने केही तत्व एक–आपसमा मिल्दा शरीरमा विभिन्न समस्या देखापर्ने गर्छ । तसर्थ, मासको दाल खाएपछि करिब २ घन्टापछि भने दूध पिउन सकिन्छ ।
 नुन
नुन वा नुनजन्य वस्तुमा दूध मिसाएर खानु हुँदैन  । यसमा पनि ब्रेकफास्टमा यी दुई चिज एकैसाथ लिँदा अझ हानि पु-याउँछ ।
 अमिलो फल
सुन्तला, कागतीलगायत अमिला फलसँग दूध खानु हुँदैन  । यी दुई एकैसाथ खाँदा पाचन प्रणालीमा असर पर्छ । पचाउन पनि गाह्रो हुने भएकाले बान्ता हुने
सम्भावना रहन्छ ।
 दही
दूध र दही एकै किसिमका खाद्यपदार्थ भए पनि यी दुई एकैसाथ सेवन गर्नु हुँदैन  । सँगै खाएमा एसिडिटी हुने, पेटमा ग्यास जम्मा हुने र बान्ता हुने हुन्छ । तर, दूध र दही एक घन्टाको फरकमा भने खान सकिन्छ ।
 माछा
दूध पिएलगत्तै माछा खाँदा स्वास्थ्यमा हानि पुग्छ । माछा र दूधमा पाइने तत्वहरूले एक–आपसमा विपरीत प्रतिक्रियामा भाग लिने भएकाले यी दुई एकैसाथ खानु राम्रो हुँदैन । यसले छालामा समस्या सिर्जना गर्छ । 

 

प्रतिक्रिया दिनुहोस्