Logo
|
Friday 19th April 2024
Logo

epaper

बेली फ्याट्स घटाउने उपाय



व्यक्तित्वमा शारीरिक बनावटले पनि फरक पार्छ । त्यसमा पनि पेट ठूलो हुनु राम्रो मानिँदैन । पेट ठूलो हुँदा कपडा पनि नसुहाउने, असहज देखिने र स्वयंलाई पनि असहज महसुस हुन्छ । पेट ठूलो हुनु शारीरिक सुन्दरताका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि राम्रो मानिँदैन ।  त्यसैले पेट घटाउन खानामा ‘ब्यालेन्स’ गर्नुका साथै विभिन्न किसिमका व्यायाम गर्न सकिन्छ । यसले पेटको बोसो घट्नुका साथै छाला पनि ‘टाइट’ बनाउँछ । पेट घटाउनकै लागि कडा व्यायाम गर्न जरुरी छैन । सामान्य रूपमा नियमित व्यायाम गर्नाले सहजै पेट घटाउन सकिन्छ । सामान्यतया निम्न व्यायाम गर्न सकिन्छ । लेग लिफ्ट
लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने । दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ ।

बाइसाइकल
बाइसाइकल १५ रेप्स ३ सेट्स : यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ ।

अल्टरनेटिङ लेग लिफ्ट
अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यस स्टेपमा दुवै खुट्टा सीधा बनाउने र पालैपालो तल–माथि पार्ने ।

सिजर्स
सिजर्स १५ रेप्स ३ सेट्सः यो स्टेप गर्दा दुवै खुट्टा कैँची स्टाइलमा चलाउने ।

रक क्लाइम्बर
रक क्लाइम्बर १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा पोजिसन चेन्ज गर्नुपर्छ । शरीरलाई घोप्टो बनाएर दुवै हातले जमिनमा टेक्ने र खुट्टा चलाउने अर्थात् हिँडेजस्तो गर्नुपर्छ ।

पेल्भिक लिफ्ट
पेल्भिक लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम उत्तानो पोजिसनमा दुवै खुट्टा र कुहिनाले जमिनमा टेक्ने र कम्मरलाई माथितिर उठाउने र जमिनतिर अर्थात् तल–माथि गर्ने ।  

एल्बो टु नी क्रन्चेच
एल्बो टु नी क्रन्चेच १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा उत्तानो ढल्कने र घुँडा खुम्चाउने । एउटा खुट्टा अर्को घुँडामाथि राख्ने र दुवै हात टाउकोपछाडि राखेर टाउको उठाउने अनि कुहिनाले घुँडा छुने । यसरी दुवैपट्टि पालैपालो गर्ने ।

लेग होल्ड
लेग होल्ड १५ रेप्स ३ सेट्सः यो व्यायाममा उत्तानो पोजिसनमा खुट्टालाई जमिनभन्दा माथि उठाएर होल्ड गर्नुपर्छ ।  यी माथि उल्लिखित व्यायाम नियमित रूपमा गर्नुभयो भने पेट घट्नुका साथै ‘टाइट’ हुन्छ । नियमित व्यायाम गर्न थालेको १५ दिनदेखि शरीरमा आएको फरकपन थाहा पाउनुहुन्छ । यसले तपाईंलाई रिफ्रेस पनि बनाइराख्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्