Logo
|
Wednesday 24th April 2024
Logo

epaper

भरपर्दो नतिजा दिने स्वीजरल्याण्ड ब्रान्ड एसेन्सियाको कन्टुर र कन्टुर प्लस वन ग्लुकोज मिटर नेपाल भित्रियो

नेपालमा मधुमेहको समस्या दिन प्रतिदिन बढिरहेकाले यसको व्यवस्थापनमा सबैले चनाखो हुनुपर्ने आवश्यकता



 

स्वीजरल्याण्डको ब्रान्ड एसेन्सिया कम्पनिको उत्पादन कन्टुर र कन्टुर प्लस वन ग्लुकोज मिटर नेपालमा भित्र्याइएको छ । काठमाडौंको थापाथलीस्थित मेनका इन्टरप्राइजेज प्रा.लि.ले सो ग्लुकोज मिटर नेपालमा भित्र्याएको हो । यो ब्रान्ड स्वीजरल्याण्डको भएपनि यसको स्ट्रिप जापानमा बनेको छ । त्यसैले यसले भरपर्दो नतिजा दिनुका साथै शरीरमा भएको मधुमेह सजिलै मापन गर्न सकिन्छ ।

मेनका इन्टरप्राइजेजले राजधानीमा एक समारोहको आयोजना गरी नेपालमा स्वीजरल्याण्डको ब्रान्ड एसेन्सिया कम्पनिको उत्पादन कन्टुर र कन्टुर प्लस वन ग्लुकोज मिटरको विधिवत् रुपमा बिक्रीबितरण शुरु गरेको छ । प्रयोग गर्न सजिलो, प्रयोग गर्दा रगत नपुगे फाल्नुनपर्ने र त्यही पट्टी प्रयोग गर्न मिल्ने, सजिलै रगत ग्लुकोज मापन गर्न सकिने यसका विशेषता हुन् । कन्टुर प्लस वन डिभाइसले डाय्बेटिज् एपको सहयोगमा स्मार्ट मधुमेह व्यवस्थापन गर्न सजिलो बनाइदिएको छ ।

नेपाल लगायत विश्वका धेरै व्यक्ति दिनप्रतिदिन मधुमेहबाट पीडित भइरहेका छन् । तर आजसम्म त्यस्तो डरलाग्दो अवस्था सृजना भएको छैन । जहाँ मधुमेह बढ्दै गएको छ त्यो महामाहारीको रुप हो । मधुमेहले शरीरको डीएनए खान्छ । मानव संसाधनलाई अपाङ्ग बनाउँछ । मधुमेहले समग्र राष्ट्रको आर्थिक प्रगतिमा ठूलो क्षति पुर्याउने भएकाले यसलाई नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

मेनका इन्टर प्राइजेजका अध्यक्ष कुलबहादुर कार्की भन्नुहुन्छ— एक राम्रो ब्रान्ड र एक राम्रो विश्वस्त सेवाले ठूलो महत्व राख्छ । कन्टोर प्लस वन मिटर स्मार्ट फोनसँग सिंक्रोनाइज गर्न सकिन्छ र रगत ग्लुकोज परीक्षणहरु स्वचालित रुपमा मोबाइल फोनमा कन्टुर डायबिटिज व्यवस्थापनको एपमा स्तानान्तरण हुन्छ । यस एपको प्रयोगले ग्लुकोज परीक्षणका साथै सबै विवरण राख्न मद्धत गर्छ । जस्तैः खाना, औषधि, व्यायाम आदि । यसमा भएको अलार्म सेटले कुनै पनि समयमा मधुमेह परीक्षण गर्न सम्झाउँछ ।

सबभन्दा महत्वपूर्ण कुरा अब कुनै पनि समय सजिलैसँग परिणामहरु डाक्टरलाई पठाउन सकिन्छ । डाक्टरसँग नियमित भेटका लागि लामो समय पर्खनुपर्दैन । नियमित परीक्षण, रेकर्ड हेर्ने र डाक्टरसँग भन्न सक्ने यो सुविधाले मधुमेह राम्रोसँग बुझ्न र नियन्त्रणमा राख्न मार्गदर्शनको अवसर दिएको छ । कायक्रमा कार्कीले भन्नुभयो—यो कुरा साझेदारी गर्न पाउँदा खुशी छु र तपाई पनि यो मार्ग अवलम्बन गर्न सक्नुहुन्छ र मधुमेहलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ ।

मेनका इन्टरप्राइजेजले अस्पताल र ल्याबहरुमा उच्चस्तरीय रिएजेन्टस्लगायतका डायग्नोष्टिक परीक्षणका सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । ‘गुणस्तरमा कहिल्यै पनि सम्झौता गर्दैनौं ।’ कार्कीले भन्नुभयो— ‘मेरो कम्पनिले विगत तीन दशकदेखि एकल मार्गनिर्देशनमा अस्पताल र ल्याबहरुमा स्वास्थ्य सामाग्रीहरु आपूर्ति गर्दै आएको छ । ‘गुणस्तर र सहीमापन’ मा हामी सम्झौता गर्दैनौं । हाम्रो सिद्धान्त पनि यही हो ।’ मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता स्वास्थ्य सामाग्रीको भूमिका ठूलो हुन्छ । अध्यक्ष कार्की अझै थप्नुहुन्छ—मैले देखेको छु कि मधुमेह भएका कतिपय मानिसले कम लागतको भिन्न रक्त ग्लुकोमिटर प्रयोग गर्छन् जुन स्थिर हुँदैन र फरक समयमा फरक नतिजा दिन्छ । यस्ता कुरालाई ध्यानमा राखेर हामीले सबैभन्दा राम्रो ग्लुकोज मिटर नेपाल ल्याउने निर्णय गर्यौं र स्विजरल्याण्डको एसेंसिया डायबिटिज केयरबाट कन्टोर ब्रान्ड पायौं ।

एसेन्सिया कम्पनिको एसिया क्षेत्र हेर्ने प्रमुख म्याथ्यु स्टु अर्ट ले भन्नुभयो— एसेंसिया डायबिटिज केयर स्विजरल्याण्डको कन्टुर ब्रान्ड ७० वर्ष पुरानो कम्पनि हो । यो कम्पनि उच्च गुणस्तरीय रगत ग्लुकोज मिटर र स्ट्रिप टेक्नोलोजी उत्पादनमा समर्पित छ । विगत ७० वर्षदेखि आजसम्म कुनै असफलता पाएको छैन । हामीले निर्णय गर्यौंकि नेपालका मानिसहरु सबैभन्दा योग्य छन् र अब हामी गर्वका साथ भन्न सक्छौं—‘हामीले नेपालमा एक्युरेट मिटर र स्ट्रिप ल्याएका छौं ।’ यो सम्पूर्ण नेपालमा उपलब्ध हुनेछ र मधुमेह भएका प्रत्येक व्यक्तिले सम्पर्क गर्न सक्ने अध्यक्ष कार्कीले स्पष्ट पार्नुभयो । यसका साथै अस्पतालहरुले नियन्त्रणका तीन स्तरहरु (कम, सामान्य र उच्च) उपलब्ध भएको सबै भन्दा सही रक्त ग्लुकोज मिटर प्रयोग गर्ने अवसर पनि पाएका छन् ।

सो अवसरमा डाक्टर दिपक मल्लले नेपालमा मधुमेहको समस्या दिन प्रतिदिन बढिरहेकाले यसको व्यवस्थापनमा सबैले चनाखो हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्