Logo
|
Saturday 20th April 2024
Logo

epaper

मसल्स बढाउन यी खानेकुरा खाने



प्रायः धेरै युवा मसल्स बनाउन भन्दै फिटनेस र जिम सेन्टर धाउने गर्छन् । तर, मसल्सलाई नयाँ सेप दिन खाली व्यायाम गरेर मात्र पुग्दैन, खानेकुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । यसबारे अनभिज्ञ भए अब थाहा पाउन जरुरी छ । यी खानेकुरा खाएमा मसल्स बढ्छ 
बदाम–काजु–ओखर 
यदि तपाईं मसल्स बनाउन खोजिरहनुभएको छ भने नियमित रूपमा बदाम, काजु, ओखर आदि खान सक्नुहुन्छ । सँगै, ड्राइफुडको सहारा पनि लिन सक्नुहुन्छ । यसबाट पौष्टिक तत्व, भिटामिन बी, ई, आइरन, पोटासियम, म्याग्नेसियम, खनिजलगायतका तत्व प्राप्त गर्न सकिन्छ । जसले मसल्स निर्माणमा मद्दत गर्छ ।
अन्डा
अन्डामा प्रोटिन, भिटामिन र खनिजको मात्रा हुन्छ । विभिन्न अध्ययनले अन्डामा एन्टिअक्सिडेन्ट, एमिनो एसिड, फाइदाजनक फ्याट र अन्य महत्वपूर्ण पौष्टिक तत्व प्राप्त हुने बताएको छ, जुन स्वास्थ्य र मसल्स बनाउन निकै महत्वपूर्ण मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के भने सधैँ उमालेको अन्डा मात्र सेवन गर्नुपर्छ ।
हरियो तरकारी
धेरैजसो तरकारीमा क्यालोरीको मात्रा कम हुन्छ । यद्यपि, यसबाट फाइबर, फोलिक एसिड, भिटामिन ए, ई र सीसहितका पौष्टिक तत्व प्राप्त हुन्छ । यस्ता तत्वले रक्तचाप सन्तुलित राख्नुका साथै मसल्स निर्माणमा पनि सहयोग गर्छ । तरकारीमा एन्टिअक्सिडेन्ट बढी मात्रामा हुने भएकाले मसल्स बनाउन राम्रो विकल्प हुन्छ ।
अन्न
मसल्स बनाउन जिम गइरहनुभएको छ भने फास्टफुड, जंकफुड र प्रोसेस्ड खानेकुराको सेवन कम गर्न जरुरी छ । यस्ता खाद्यपदार्थले स्वास्थ्यलाई बेफाइदा गर्छ । यसको सट्टामा अन्नजन्य खानेकुरा खान सक्नुहुन्छ, जस्तै– चामल, गहुँ, दाल आदिबाट बनेका खानेकुरा । यस्ता खाद्यपदार्थले तपाईंलाई कार्बोहाइड्रेटका साथै ऊर्जा पनि प्रदान गर्छ । तपाईंमा ऊर्जा बढी भएमा आवश्यकताअनुसार व्यायाम गर्न सक्नुहुन्छ ।
फलफूल
मसल्स बनाउन फलफूलको प्रयोग पनि आवश्यक छ, जुन स्वस्थकर पनि मानिन्छ । फलफूलबाट भिटामिन, खनिज तथा कैयौँ प्रकारका पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ । यसले मसल्स निर्माणमा सहयोग गर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्