Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

घरमै बसेर नङ चम्काउन यसो गर्नुहोस्



हर्बल मास्क
नङमा चमक ल्याउन घरमै मास्क तयार पारी प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप तातो पानीमा सानो एक चम्चा केलमाइन र पुदिनाको पातलाई एक घन्टासम्म भिजाउनुपर्छ र पुदिनाको पातलाई छानेर बाहिर हटाउनुपर्छ । यसमा केही थोपा ओलिभ आयल राख्नुपर्छ । अनि आल्मन्ड र दुई चम्चा गहुँको आँटाको मिश्रण गराई नङमा लगाउनुपर्छ । जसले केही समयपछि नै नङलाई चम्किलो बनाउने काम गर्छ ।
कागती र नुन
यदि तपाईंको नङ कमजोर भएर टुट्न लागेको छ भने नुन र कागतीको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि दुई चम्चा नुनमा कागतीको रस, गहुँको पिठो मिसाउनुपर्छ । त्यसमा ओलिभ आयल पनि मिसाउन सक्नुहुन्छ । यस्तो मिश्रणलाई मनतातो पानीमा राम्रो घोल्नुस् । अनि त्यसलाई नङमा लगाएर १० देखि १५ मिनेटसम्म राख्न सक्नुहुन्छ । यस्तो काम हप्तामा तीनपटकसम्म गर्दा केही समयपछि नै नङ सुन्दर देखिन्छ । एजेन्सी 
NH
Health News
प्रतिक्रिया दिनुहोस्