Logo
|
Thursday 25th April 2024
Logo

epaper

स्पेनका १७ जना बालबालिकामा औषधि मिसावटका कारण ‘वेर उल्फ सिन्ड्रोम’ नामक अनौठो समस्या

डाक्टरहरुले छातिका लागि भनेर दिने गरेको ‘ओमेप्राजोल’ को सट्टा कपाल पलाउने औषधि, ‘मिनोक्सिडील’ परेपछि नै उनीहरुमा यो अनौठो रोग



स्पेनका १७ जना बालबालिकामा औषधि मिसावटका कारण ‘वेर उल्फ सिन्ड्रोम’ नामक अनौठो समस्या देखा परेको छ । यसमा बच्चाहरुको जीउभरि असाधारण तरिकाले बाक्लो रौँ पलाउने गरेको हो । वास्तवमा डाक्टरहरुले छातिका लागि भनेर दिने गरेको ‘ओमेप्राजोल’ को सट्टा कपाल पलाउने औषधि, ‘मिनोक्सिडील’ परेपछि नै उनीहरुमा यो अनौठो रोग देखा परेको हो । सो अवस्थालाई ‘हाइपरट्राइकोसिस’ पनि भन्ने गरिएको छ । स्पेनी पत्रिका एल मुन्डोले समस्याबाट पीडित १७ बालबालिकाका तस्बिर समेत सार्वजानिक गरेको छ जसबारे अहिले व्यापक चर्चा भइरहेको छ ।

यता बच्चाहरुको जीउमा असाधारण रुपमा बाक्लो रौँ पलाइरहेको देखेर आश्चर्यमा परेका अभिभावकहरुलाई के भइरहेको भन्ने थाहा नपाएपछि उनीहरु झन आत्तिएको र अत्यन्तै डराएको बताएका हुन् । एन्डुलेसिया क्षेत्रमा बस्ने एउटी आमाले भनिन्, “मेरो छोराको निधार, गाला, पाखुरा, हात, खुट्टाभरि कपाल पलायो । उसको आँखीभौँ पनि ठूलो मान्छेको जस्तै थियो । त्यतिबेला हामीलाई के भएको केही थाहा थिएन त्यसैले हामी अत्यन्तै डरायौँ ।” त्यस्तै अर्की तीन महिने शिशुकी आमाले भने आफ्नो बच्चालाई किन त्यस्तो भएको भनेर थुप्रै डाक्टरलाई देखाएको बताइन् । यस दुर्लभ अवस्थाका कारण आफूहरुले विशेष उपचारका लागि विशेषज्ञकहाँ समेत धाउनु परेको उनको गुनासो छ ।

सरी प्रभावित दश बालबालिका उत्तरी प्रदेश कान्टाब्रीयाका थिए भने चारजना दक्षिण र तीनजना पूर्वी क्षेत्रका थिए । यस्तोमा उक्त औषधि सप्लाइ गर्ने फार्मेसीले स्मिलक्स ल्याबोरेटरीबाट उत्पादन आयात गरेको थियो जुन भारतमा अवस्थित छ । यस्तोमा ल्याउने क्रमै दुईवटा औषधि मिसिएर गलती भएको ‘स्पेनिस एजेन्सी अफ मेडिसिन्स एण्ड मेडिकल डिभाइसेस’ ले जानकारी दिएको छ । अहिले भने सो औषधि स्पेनका सबै फार्मेसीबाट हटाइएको छ भने उक्त फार्मेसी अस्थायी रुपमा बन्द गरिएको छ । वुल्फ सिन्ड्रोम अत्यन्तै दुर्लभ र अनौठो अवस्था भएपनि यो पहिलो घटना भने नभएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्