Logo
|
Saturday 20th April 2024
Logo

epaper

आँखा पाक्ने रोग लक्षण र रोकथाम



धुवाँ–धुलोलगायत प्रदूषणको असरले आँखालाई प्रभाव पार्छ । आँखा पाक्ने रोग र आँखाको एलर्जी झट्ट हेर्दा उस्तै–उस्तै देखिन्छ । तर, अघिल्लो वर्ष यही मौसममा आँखा चिलाउने समस्या आएका व्यक्तिमा अर्कोे वर्ष पनि उस्तै समस्या दोहोरियो भने आँखा पाक्ने रोग लाग्न सक्छ । आँखा पाक्ने रोगका लक्षण र रोकथाम यस्ता छन् : सामान्य देखिएको आँखा अकस्मात् रातो देखिएमा आँखामा केही समस्या छ भन्ने बुझ्नुपर्छ । एक्कासि आँखा रातो हुनु भनेको आँखा पाक्ने लक्षण हुन सक्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ जानुपर्छ ।- आँखाको डिल सुनिएर हेर्न समस्या भयो भने आँखा पाकेको हुन सक्छ । यस्तो हुन नदिन आँखाको सरसफाइमा अत्यधिक ध्यान दिनुपर्छ ।  आँखा पाकेको वेला आँखाबाट पानी बगिरहन सक्छ । साथै, कहिलेकाहीँ रगतजस्तो पानी पनि निस्कन सक्छ । यस्तो वेला नडराईकन संयम अपनाउनुपर्छ ।
– आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । घरबाहिर हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ, बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्नुहुँदैन ।
– बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी गर्नुहुँदैन ।-आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त पिउनुपर्छ । सीधै घाममा हेर्नुहुँदैन । गर्मी मौसममा सीधै घाममा हेर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ ।

– कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गर्नुपर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए सबै परिवारले संयम अपनाउनुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्