Logo
|
Saturday 20th April 2024
Logo

epaper

ललितपुरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसम्बन्धि बृहत् स्वास्थ परीक्षण, २ सय ५५ जना महिलाले पाठेघर जँचाए



नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३७ औ बार्षिकोत्सवका अवसरमा आज (२०७६ भाद्र २१ गते शनिबार) ललितपुरको नखुस्थित सहिद धर्मभक्त स्कुलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोगको बृहत् परीक्षण गरेको छ ।
शिविरको उद्घाटन गर्दै नेपाल अर्बुद रोग निवारण संस्था एवं भक्तपुर क्यान्सर हस्पिटलका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले संस्था ले आफ्नो ३७ ओ स्थापना दिवसको अवसरमा आयोजना गरेको यस कार्यक्रमबाट ललितपुरको नखु क्षेत्रका महिलाहरुमा क्यान्सर के हो र यसबाट बच्न गर्नुपर्ने उपायहरुबारे जानकारी दिने उदेश्यका साथ बृहत् पाठेघर परीक्षण शिविरको आयोजना गरेको बताउनुभयो । उहाँले संस्थाले आफ्नो ४५ वटा जिल्ला शाखाहरुमार्फत यस किसिमका कार्यक्रमहरुलाई निरंन्तरता दिँदै आएकोसमेत स्पष्ट पार्नुभयो । संस्थाले क्यान्सर रोगबाट बच्न स्वस्थ्यकर खानपान र जीवनशैलीमा ध्यान दिन आग्रह गर्नुभयो । अध्यक्ष श्रेष्ठले यस कार्यक्रमलाई निरंतरता दिँदै आइरहेको माथेमा सामाजिक गूठी ,महिला समूह परिवार तथा मिरा माथेमा प्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उक्त शिविरमा क्यान्सर रोग विशेषज्ञ डा.सुशीला बैद्य र डा. सबिता पौडेलले चेक जाँच गरी परामर्श प्रदान गर्नुभएको थियो । उक्त शिबिरमा २५५ जना महिलाको जांँच गरिएको थियो । कार्यक्रममा संस्थाका महासचिव बिमल कुमार होडाले संस्थाबाट यस किसिमका कार्यक्रमलाई अझ बृहत रूपमा लाने बताउनुभयो । नेपाल अर्वुद रोग निवारण संस्था ललितपुर शाखाका सचिब केदार कार्कीले ललितपुर शाखा क्यान्सर डाईग्नोष्टिक सेन्टरको नामबाट आफ्नै भवन लगनखेलमा संञ्चालनमा ल्याउने बताउनुभयो । सो कार्यक्रममा माथेमा समाज गूठीका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्