Logo
|
Friday 29th March 2024
Logo

epaper

अपोलो अस्पतालमा मृर्गौला र घुँडा प्रत्यारोपणमा अत्याधुनिक विधि शुरु



भारतको नयाँदिल्ली स्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण र घुँडा परिवर्तन (रिप्लेसमेन्ट सर्जरी)का लागि अत्याधुनिक उपचार विधि शुरु गरेको बताइएको छ ।
अस्पतालमा भित्र्याएको प्रविधिबारे जानकारी दिदै अपोलो अस्पतालका प्रत्यारोपण सर्जन प्राडा सन्दिप गुलरियाले अस्पतालले मिर्गौला प्रत्यारोपणको क्षेत्रमा नयाँ प्रविधि भित्र्याएको बताउनुभयो । १२ वर्ष अघि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पनि नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा भएको थियो ।
मिर्गौला प्रत्यारोपणविद डा. गुलरियाले अपोलो अस्पतालले २१ हजार बढीको मिर्गौला प्रत्यारोपण गरीसकेको जानकारी दिनुभयो । उहाँले प्रत्यारोपणमा सफलता दर ९७ प्रतिशत भन्दा बढी रहेको जानकारी दिदै अपोलो मल्टीस्पेश्यालिटी अस्पताल भएकोले सबै उपचार त्यहि हुने बताउनुभयो ।
उहाँले नेपालबाट अत्यधिक बिरामीहरु अपोलो अस्पताल जाने भएकोले नेपालीहरुले अस्पतालबारे बुझ्नु पर्ने बताउँदै नेपाली बिरामीहरुका लागि धेरै सेवा सुविधाहरु दिएको बताउनुभयो ।
डा गुलरियाले अपोलो अस्पतालमा नेपालबाट मिर्गौलाका बिरामी मात्र मासिक तीनसय जाने गरेको जानकारी दिदै ती मध्ये अधिकांश मिर्गौला फेल भइसकेपछि जाने गरेको बताउनुभयो ।
अर्थोपेडिक सर्जन डा यस गुलाटीले अपोलोमा घुँडा परिवर्तन उपचारमा नयाँ र विकसित पद्धती भित्रयाइएको बताउनुभयो । पहिले यसका लागि पुरै घुँडा निकाल्नु पर्दथ्यो तर अव विग्रेको भाग मात्रै निकालेर रिप्लेस गर्न सकिन्छ डा. गुलाटीले भन्नुभयो,“यसले धेरै ठूलो शल्यक्रिया गर्नु पर्दैन ।”
उहाँले ३० प्रतिशत विरामीको नयाँ पद्धतीबाट घुँडाको प्रत्यारोपण गर्न सकिने बताउनुभयो ।
अस्पतालका युरोलोजिष्ट डा एन सुब्रमन्यनले नेपाली बिरामीहरुका लागि एएरपोर्टबाट अस्पताल सम्म र होटलबाट अस्पतालसम्म निशुल्क यातायातको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
अपोलोको डेपुटी जनरल म्यानेजर अजय भारध्वाजले नेपाली विरामीले लिन सक्ने सुविधाबारेमा प्रकाश पार्नुभयो । उहाँले अपोलोमा नेपाली र भारतीयलाई लिने उपचार खर्च समान भएको जानकारी दिनुभयो ।
अपोलो अस्पतालमा नेपालबाट मिर्गौला,घुँडा, बोनम्यारो लगायतका समस्या लिएर उपचारको लागि जाने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्